Monday 14th September 2026

गजल – सिर्जना पाण्डे (सिरु)


यही जिन्दगी हो रहरमा जलेको ।
बनी लास जस्तो बगरमा जलेको ।

कतै सोध्नु तिम्रो झनै मुर्खता हो
त्यसैले त उस्तै शहरमा जलेको ।

कसैले तिमी संग मेरो भनेर
थियो साथमा त्यै नजरमा जलेको ।

छ आफ्नो भनेको सधै दु:ख पीडा
रहेछौ नबुझ्ने अधरमा जलेको ।

म पर्खेर बस्ने गरेको छु बाचा
सुनेको छु मैले जहरमा जलेको ।

सिर्जना पाण्डे (सिरु)
चितवन
हाल – नेपाल बाहिरी


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...