Saturday 20th June 2026

असार १ गतेबाट विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको आह्वान


तितोपाटी – नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन पाठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरीलामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न विभिन्न माध्यम प्रयोग गर्दै पठन पाठन अघि बढाउने जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको र सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गरिएको छ ।

यसैवीच सरकारको बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गरेका छन् । उनले ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन् तर मन्त्री पोखरेलले नीजि विद्यालयहरुले यही जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाएका छन् । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।

विज्ञप्ति जस्ताको तस्तैः

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...