Saturday 10th October 2026

गजल -कृष के. सी. “किस्मत”


न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ।
परदेशमा बस्न यसरी कति दिन सकिन्छ।।

आज आफ्नै देश सकिन लागि सक्यो,
हिजो भनिन्थ्यो कोरोनाले चीन सकिन्छ।।

युवा अरब गएर देश चलेको हो, नेताज्यु !
के आज हाम्रो पीडा सुन्न एकछिन सकिन्छ।।

सबै युवा संगै फर्काउने वाताबरण बन्दैन,
देशले चाहे समस्या परेका फर्किन सकिन्छ।।

एक पत्रकारले अस्पताल बनाउने देशमा
भ्रष्टाचार नगरी नेता पनि बदलिन सकिन्छ।।।

कृष के. सी. “किस्मत”
गुल्मी, तम्घास
हाल – मरुभूमिको देश


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...