Saturday 10th October 2026

गजल -तिलाचन बस्याल


गजल
-तिलाचन बस्याल

उपहार दिनेले नै अनुमान दिएको छ ।
हाम्रो जनसंख्याले सन्तान दिएको छ ।।

माग्दैछ बगैचा के उन्मुक्ति महँगोमा?
सस्तो फलले बाँच्ने वरदान दिएको छ ।।

घाँटी पनि काट्ने हो भन्दैछ कसैलाई
भुत्ते खुकुरी यस्तो पहिचान दिएको छ ।।

पक्कै अब वैधानिक बन्नेछ चुनौती यो
चट्याङले ढोकामा मुस्कान दिएको छ ।।

खोज्दैछ स्वयं धर्ती सामर्थ्य बिहानीमा
उपनाम भने उसले अन्जान दिएको छ ।।

स्याङ्जा, नेपाल
हाल-कुवेत ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...