Tuesday 7th April 2026

कोरोना , केपि , चस्मा र मौंनता !


बालकृष्ण घिमिरे- नेपालमा तत्काललाई राजनैतिक भाईरसको खतरा टरेपनी कोरोना भाईरस र सिमा बिवाद भाईरसको खतरा उच्च जोखिममा ।

बिश्व जगत आज महामारिको सिकार बाट आक्रान्त छ । चिनको वुहान वाट सुरुभएको कोभिड १९ – ले आज विश्वका शक्तिशाली मुलुकहरुमा मानव बिनाशका लागि उग्ररुप धारण गर्दै गर्दा नेपालमा पनि मानव बिनासको सुरुवात भएको छ ।

प्रधानमन्त्री ओलिले ज्यान जोगाउन सकियो भने सम्पती कमाउला भन्ने अडान बिपरित अन्य मन्त्री र प्रशाशकको ढिपिमा केही बुद्धिजीवी भनिएका बुज्रकहरुको सल्लाहमा भारत देखि तराई हुँदै विभिन्न जिल्लाहरुमा पास बिक्री बितरण गरि जाड खाने ख्वाउने सर्तमा अत्याधिक मानिस रातारात ओसार्ने काम साम्सदले गरे , मन्त्रीले गरे , सिडियो र स्थानिय जनप्रतिनिधिहरुले गरे भनेर सार्वभौम सम्पन सम्सदमा साम्सद बिडारिले निर्धक्क संग राखे बाटै प्रष्ट हुन्छ ओलिलाई असफल पार्न लागि परेकाहरु यो महामारिलाई समेत दुरुपयोग गर्दैछन । महामारी नियन्त्रणमा मात्रै हैन हरेक राजनैतिक मुद्दामा सिङ्गो पार्टी एक ढिक्का भएर लाग्न जनमत पाएको नेकपा भित्र काँग्रेस भन्दा दह्रो प्रतिपक्ष जन्मिएका छ । पुर्व एमाले र पुर्व माओवादी भन्दै एकले अर्कालाई खुइल्याउन तछाड्मछाड गर्दै गर्दा पुर्व एमाले भित्रैका केही नेताहरु ओलि सरकारको असफलतानै आफ्नो बिजयको सुरुवात ठान्दै पदलोलुपताको पराकाष्ठ प्रदर्शन गर्दै छन ।

नेपाल यस्तो मुलुक हो , जहाँका केही मानिसहरु सधै नराम्रोको खोजी गर्छन , राम्रोलाई तिरस्कार गर्नमै व्यस्त हुन्छन । आज राज्य संचालन गर्ने नेतृत्व गरेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलिको कुशल निर्णयले समयमा कोरोना रोकथामको एक मात्रै औषधि लकडाउन गर्दै गर्दा र देश महामारिको संकटमा रहेको अवस्थामा समेत भारतिय हेपाहा प्रवृत्तिको खुलेर बिरोध गर्न सफल भएका छन। केपि ओलिका लागि भारतिय हेपाहा प्रवृत्ति एतिबेला राजनैतिक सफलता पनि भएको छ ।

आफ्नै पार्टी भित्र र बाहिर रहेका केही विरोधका लागि विरोध गर्न आफ्नो जन्म कुण्डली लिएर यश धर्तिमा आएकाहरु बाट केपि ओलिलाई सत्ताचुत गर्ने सपना हाललाई टरेको देखिन्छ । तर यहि सिमा बिवादलाई आफ्नै कार्यकालमा समाधान गरि भारतले मिचेको आफ्नो भुमी फिर्ता गर्ने दृढ़ संकल्प गरेका ओलिको अडान वाट त्रसित मानसिकता भएका राजनैतिक पागलहरु पुन भारतिय दुतावासको सरणमा गएका खवरहरु सार्वजनिक भएका छन ।

भारतले ६-६ महिना नाकावन्दी गर्दा निडरका साथ उक्त नाकावन्दिको सामना गरि आफ्नो राजनैतिक धरातल झनै उच्चो बनाएका ओलिलाई जनताले वा वा गर्दिदा गत चुनावमा जनताले झण्डै दुई तिहाई मत दिएका थिए भने ओलिको कार्यकालमा भारत संगको सिमा विवाद समाप्त भएमा ओलिले मात्रै हैन नेपाल कम्युनिस्ट पार्टीले नै यो मुलुकमा पचासौं वर्ष सत्ता संचालन गर्दछ भन्ने चिन्ता पालेका देशी बिदेशी मनोरोगिहरु आज फेरि सल्बलाउदै प्रभु तुमे सरणम गर्ने अवस्था नआउलान भन्न सकिँदैन।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...