Friday 23rd January 2026

लकडाउन खुकुलो पार्ने कुवेत सरकारको निर्णय


बसन्त थापा – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू लागू गर्दै लकडाउन खुलाउने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको निर्णय पछि गृहमन्त्री अनास अल-सालेहको भनाइलाइ उधृत गर्दै कुवेत टाइम्समा प्रकाशित समाचार अनुसार सरकारले सामान्य जीवन बिस्तारै ल्याउने बारेमा संसदमा थप छलफल पछि नयाँ उपायहरूको पूर्ण विवरण बिहीबार घोषणा गरिनेछ।

गृहमन्त्री अल-सालेहलेका अनुसार सरकारले अत्यावश्यक किनमेललाई खुल्ला राखे पनि दूरी कायम गरेर मात्र किनमेल गर्नु पर्ने बताउदै अझै पनि कोभिड-१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेकोले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने जस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाईंमा अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई स्वीकार गरी सहकार्य गर्न सम्पूर्ण नागरिकहरूलाइ आग्रह गरिएको छ ।

सरकारले मे १० देखि लागू गरेको पूर्ण कर्फ्यूको पूर्ण पालनले स्वास्थ्य स्थितिमा सुधार आएको सालेहले बताए। लकडाउनका कारण कुवेतस्थित व्यापार व्यवसायले ठूलो क्षति व्यहोर्नुपरेको छ। कम्पनीहरू तथा श्रमिकहरू सबैमा आर्थिक संकट देखा परेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...