Saturday 10th October 2026

कोरोनाको कहर


-राम भण्डारी

कोरोना भन्ने तन्तुले
विश्व सारा दन्कियो ।
उर्जा भएजति देश-देशको
घर भित्रै थन्कियो ।।

रातारात शहर छाडे सबैले,
अब गाउँ फेरि जन्मियो
बन्दाबन्दी पनि अलि अलि गर्दै,
रबर झैं तन्कियो ॥

हर प्रहर युद्ध चलेझैं रहने
चोक-चोक अहिले
सन्नाटा तिर लम्कियो
अति स्वच्छ भएर बाटोभरि
पुष्प बास गम्कियो ।।

जनजनमा त्रास यो रोगको
कहिले सम्म हुने हो?
परदेशी घर सम्झेर बिदेशमा
कहिले सम्म रुने हो ?

घर देशमा आफन्त, परिवार
कहिले सम्म कुर्ने हो?
परदेशी आफ्ना खसमको
स्वागत खातिर
साइत कहिले जुर्ने हो?

भागी जाओस कहर पनि
फर्कियोस सबै पुरानै दिन अनि
सबै निको हुनु, रहनु खुसी भै
जो संक्रमित छन् नि ।।

जसलाई मिल्यो दुःखद सहादत,
कामना आत्मा,चिरशान्ति को
दुःखदायी निधन जहाँ जहाँ भयो,
हार्दिक श्रद्धाञ्जली हामी सबैको ।।
हार्दिक समवेदना हामी सबैको ।।।

 


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...