Saturday 17th January 2026

कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ पुग्यो, मृत्यु हुनेको संख्या १४८


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा २३२ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  २६४ जना भारतीय नागरिक रहेका छन, भने १६४ जना कुवेती नागरिक, १५० जना इजिप्सियन र १३७ जना बङ्गाली नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस सबैभन्दा बढी फर्वानिया एरियामा ३१९ जना संक्रमित छन । हवाली एरियामा १४४ जना, सिटी एरियामा ५३ जना, जाहारा एरियामा ८३ र अहमादी एरियामा ३०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित २०, ४६४ जना मध्य १४,५६९ जना अस्पतालमा उपचाररत छन भने १९२ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म २,६८,१५४ जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा ३,१९५ जनाको स्वाब परिक्षण गरिएको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
केही साता अगाडी कोरोना संक्रमित नेपालीको संख्या ८४ जना देखाएको थियो तर अहिले कति संक्रमित छन भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...