Friday 13th March 2026

कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ पुग्यो, मृत्यु हुनेको संख्या १४८


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा २३२ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  २६४ जना भारतीय नागरिक रहेका छन, भने १६४ जना कुवेती नागरिक, १५० जना इजिप्सियन र १३७ जना बङ्गाली नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस सबैभन्दा बढी फर्वानिया एरियामा ३१९ जना संक्रमित छन । हवाली एरियामा १४४ जना, सिटी एरियामा ५३ जना, जाहारा एरियामा ८३ र अहमादी एरियामा ३०१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित २०, ४६४ जना मध्य १४,५६९ जना अस्पतालमा उपचाररत छन भने १९२ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म २,६८,१५४ जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा ३,१९५ जनाको स्वाब परिक्षण गरिएको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
केही साता अगाडी कोरोना संक्रमित नेपालीको संख्या ८४ जना देखाएको थियो तर अहिले कति संक्रमित छन भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...