Friday 16th January 2026

दाङमा थप एक जनामा कोरोना संक्रमण, ४५४ पुगे संक्रमित


तितोपाटी- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो पटक बिहीबार थप एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।

संक्रमित व्यक्ति घोराही ३ बस्ने ३७ वर्षीय पुरुष रहेको जानकारी प्रतिष्ठानले दिएको छ। उनी सम्बन्धित सरकारी निकायको सम्पर्कमा रहेको समेत प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको अपडेटमा ४ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिइएको थियो।

प्रतिष्ठानमा हालसम्म १ हजार ५४ जनाको परीक्षण गरिएपनि २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएका ७ सय ६४ मध्ये तीन जनाको पोजेटिभ आएको हो।-नेपाललाईभबाट


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...