Wednesday 14th October 2026

ब्रह्माण्डमा चमत्कार –नयाँ ग्रहको जन्म


तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन ।

पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो । यो नै अहिले सम्मकै सवै भन्दा कान्छो ग्रह हो भने यसको जन्म भईरहेको अवस्थाको अध्यायन बैज्ञानिकहरुले प्रत्यक्ष अवलोकनद्धारा प्रमाणीत गरेको पहिलो घटना पनि हो । बैज्ञानिकहरुले त्यसताराको अध्यायन आल्मा टेलिस्कोपबाट गत वर्षदेखि गर्दै आएका थिए । अहिले नयाँ ग्रहको उत्पति भएको दृष्य भने चीली स्थित एक बैज्ञानिक प्रयोगशालाबाट भेरी लार्ज टेलिस्कोपको माध्यमबाट नयाँ ग्रहको जन्म हुदै गरेको देखेका हुन ।

होस्ट ताराको मध्यभागमा बन्दै गरेको उक्त नयाँ पिण्ड एक्कासी उछिटिएर २ दशमलब ७८१७ विलियन माईल पर पुगेको उनीहरुको दावी छ । होस्ट ताराको बाहिरी घेरामा उर्लिएरको बाक्लो चिसो ग्याश र धुलोको चाप र दवावले उक्त नयाँ ग्रह पोखरीमा रहेको खाली ढुंगालाई बेजोड हावाको झोक्काले उछिट्याएर पोखरी बाहिर फाले झै फालेको बैज्ञानिकहरुको बर्णन जोर्नल एस्ट्रोनमी र फिजिक्समा बताएको कुरा सीएनएनले प्रकाशन गरेको छ । डाक्टर बोकालेटी र उनको टीमले त्यसको तस्बीर खिचेका हुन उक्त जर्नलमा भनिएको छ । बैज्ञानिकहरुले उक्त नयाँ कान्छो ग्रहको पुरा जानकारी सन २०२५ सम्ममा पत्ता लगाई सक्ने दावी गरेका छन।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...