Sunday 12th May 2024

ब्रह्माण्डमा चमत्कार –नयाँ ग्रहको जन्म


तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन ।

पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो । यो नै अहिले सम्मकै सवै भन्दा कान्छो ग्रह हो भने यसको जन्म भईरहेको अवस्थाको अध्यायन बैज्ञानिकहरुले प्रत्यक्ष अवलोकनद्धारा प्रमाणीत गरेको पहिलो घटना पनि हो । बैज्ञानिकहरुले त्यसताराको अध्यायन आल्मा टेलिस्कोपबाट गत वर्षदेखि गर्दै आएका थिए । अहिले नयाँ ग्रहको उत्पति भएको दृष्य भने चीली स्थित एक बैज्ञानिक प्रयोगशालाबाट भेरी लार्ज टेलिस्कोपको माध्यमबाट नयाँ ग्रहको जन्म हुदै गरेको देखेका हुन ।

होस्ट ताराको मध्यभागमा बन्दै गरेको उक्त नयाँ पिण्ड एक्कासी उछिटिएर २ दशमलब ७८१७ विलियन माईल पर पुगेको उनीहरुको दावी छ । होस्ट ताराको बाहिरी घेरामा उर्लिएरको बाक्लो चिसो ग्याश र धुलोको चाप र दवावले उक्त नयाँ ग्रह पोखरीमा रहेको खाली ढुंगालाई बेजोड हावाको झोक्काले उछिट्याएर पोखरी बाहिर फाले झै फालेको बैज्ञानिकहरुको बर्णन जोर्नल एस्ट्रोनमी र फिजिक्समा बताएको कुरा सीएनएनले प्रकाशन गरेको छ । डाक्टर बोकालेटी र उनको टीमले त्यसको तस्बीर खिचेका हुन उक्त जर्नलमा भनिएको छ । बैज्ञानिकहरुले उक्त नयाँ कान्छो ग्रहको पुरा जानकारी सन २०२५ सम्ममा पत्ता लगाई सक्ने दावी गरेका छन।


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...