Tuesday 10th March 2026

सपना


माधव पौडेल- छोटो सिनेमा जस्तै सपना देखेछु तर सन्देशमुलुक र वास्तविक देखेछु र मलाई पाठ सिकाउने खालको देखेछु ।

सपना नम्बर १
मैले परदेशको पुरानो कम्पनीमा गुण लगाएको मध्यको एउटा वैगुणि भाई एक्कासि मेरो अहिलेको कम्पनीको कोठामा अनुमति बिना नै प्रवेश गरेर अर्को साथीको बिस्तारामा सुतिरहेको देखेछु अनि को रहेछ भनेर नजिक कै गएर हेर्न खोज्दा उस्ले जानबुझमा हो या अन्जानमानै खुट्टा सतर्क गरेछ मैले पनि अाफ्नो रक्षार्थ सतर्क गर्न खोजिरहँदा उसको टाउको नजिकै खुट्टा पुगेछ । उ जुरुक्क उठेर प‍ोजिसनमा अाएछ यस्तो अबस्थामा मेरो कनपारो तात्नु स्वभाविक नै हो मैले कोठाको ढोका लक गर्दै तँ चोर्न अाएको ,मलाई ज्यान मार्न अाएको भनेर अाक्षम लगाँएछु उ अझै डराएको थिएन मेरो साथले सम्झाए पछि उसलाई गल्ती महसुस भएछ र अात्मा अालोचित पनि । म त नौनी हुँ सजिलै पग्ली हाँलेछु अनि त्यो रात यतै बस्न अनुमति दिएछु ।
सपना नं २ ।
अर्को पनि प्रवासमा धेरै भन्दा पनि धेरै जुन शब्दमा जनाउदा अपुग हुने गुण लगाएको अर्को वैगुणी जो अहिले प्रवास छोडेर नेपाल पुगेको छ ।उसले एक्कासि मेरो मेसेन्जरमा उसको बिबाहको तस्वीर हरु एक्कासि प्रेसित गर्दै रहेछ मैले मेसेन्जरबाट शुभकामना को शब्द लेख्दा लेख्दै तस्बिरकै अाधारमा म र अहिलेको कोठामा बस्ने साथी जो उस्को पनि साथी हो हावाको वेग भन्दा पनि छिटो काठमाडौं नेपाल को कुनै ठुलो पार्टी प्यालेसमा पुगेछौ र शुभकामना दिन भ्याएछौ र पुरानो त्तिक्ततालाई भुल्दै खुशियाली साटासाट गरेछौ ।जबकि प्रवासमा उसको र मेरो वोलचाल बन्द भएको एक बर्ष भन्दा बढि भैसकेको थियो ।
सपना नं ३
बिबाहमा नौलो मानिसको अागमन भएपछि सोधपुछ र परिचय गर्नु संस्कार नै हो मलाई पनि सोधपुछ र परिचय को लागि अनुरोध भएछ मैले अाफ्नो स्पष्ट परिचय र हतारमा प्रवास देखि यो शुभ अबसर फेरि नमिल्ने भएर बिबाह उत्सवमा उपस्थित जनाएको जानकारी गराएछु । दुलाहको बुबा दुलाहको अामा लाई चिनाउने काम भएछ अनि दुलाहको दिदिको परियच दिने क्रममा ठेगाना काठमाडौं रहेको वताएपछि कहाँ नेर भन्ने कौतुहलता र उत्सुकता हुनुलाई अन्यथा लिनु शोभा दिदैन ।वँहाले मोबाइल निकाल्दै ग्लुगल म्याप खोली दिशानिर्देश गर्दै घर नजिकै स्कुल सम्म पुर्याउदै गर्दा त्यति नै खेर वँहाको वुवा अाएर छोरासंग धेरै समय बिताएको कारणले म संग वँहाको छोराको प्रवासको अानिवानी सुनाउन अनुरोध गर्नु भएछ ।वास्तविकता सुनाउ भने सुनाई सक्नु थिएन तर पनि मैले चाँदिलाई नम्बरी सुन बनाउदै वनावटी वेलिबिस्तार लगाँएछु म चाहान्न कि अाफ्नो छोराको नराम्रो कुनै बाबुअामाको कान सम्म नपुगोस् ।उनिकै बुवाको अगाडि मैले ती महिलालाई घर चाहिँ कहाँ नेर भन्ने प्रश्न गर्न पुगेछु जुन मैले गर्नु नहुने थियो एक त विवाहित महिला अर्को अविभावक को अगाडि वँहाले पनि सुने पनि नसुने जस्तै गर्नु भएछ मेरो निन्द्रा छुट्यो सपना हरु पनि सकिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...