Saturday 10th October 2026

कबिता-“घर जान पाउँ”


तितोपाटी-
हामी पनि नेपाली हौं नेपालमै हो घर
कहरको बेला किन घर जान पाइन्न र?

बिदेशीदा सजिलो भो फिर्न किन गाह्रो?
हाम्रो आफ्नै सरकारले पार्नु पिर पार्यो

जुन आशा ले बिदेशीयो भएन नि‌ पुरा
कस्ले अब सुनिदेला हाम्रो घर जाने कुरा

हामी नेपाल फर्किने छौं छिट्टै भएजति पुरा
जो जसको सहयोग यसमा सह्रानिय कुरा

आफ्नै देशको माटो सुँघि टिका लगाउन पाउँ
एउटै आवाज एउटै बिचार घर जान पाउँ
हामि छिट्टै आफ्नै घर जान पाउँ ।।
राम भन्डारी
सिन्धुपाल्चोक-ठोकर्पा,हाल पेप्सिकोला-भक्तपुर
(उहाँ बिगत २२ बर्ष देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा कार्यरत हुनुभएकोले नेपाली श्रमिकहरुको पिडाका बारे राम्रो ज्ञान राख्नु हुन्छ।)


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...