Friday 18th July 2025

भारतिय हस्तक्षेपबाट देश जोगाउन अन्तिम बिकल्प युद्ध


राजेन खिम्बुले राई- नेपालको सिमाना भारतले अतिक्रमण गर्दा भारत विरुद्ध आन्दोलन तथा प्रतिकार गर्नु हुदैन।कुटनैतिक माध्यमबाट मात्र समाधान गर्नुपर्छ । भारत जनसङ्ख्या भूगोलको हिसाबले ठुलो राष्ट्र हो । तर नेपाल सानो देश भन्दैमा सिमा अतिक्रमण हुदा पनि चुपचाप सहेर बस्नु पर्छ । भारत जस्तो शक्तिशाली मुलुकले चाहायो भने नेपाललाई एकै गाँस पार्छ भनेर भारतसङ्ग युद्ध लड्न सकिन्दैन भन्ने लाचार सरकार आत्मसमर्पणवादि मानसिकताको विकास हुँदैछ किन?कति वर्षमा बिस्तारै बिस्तारै पूरा नेपाल कब्जा गरीसक्ला? यदि सिक्किम जस्तै पूरा धेराबन्दिमा पारेर भारतीय सेना पठाएर नेपाललाई कब्जा गर्न खोजे हामी नेपालीहरु आत्मसमर्पण गरेर हात उठाउने कि प्रतिकार गर्ने ? कसैले भन्छ अमेरिकाले चाहाने हो भने नेपाललाई सुलेमानी जस्तै बनाईदिन्छ, कसैले भारतले सिक्किम जस्तै बनाउछ,एकै गाँस पार्छ, के नेपाललाई जसले जे गरेपनि हुन्छ ? हामी सबै जीउदो लास जस्तै हौ त ?हामी नेपालीहरु किन यती लाचार भईरहेका छौ? एउटा कुरा याद राखौ -यो संसारको सबैभन्दा शक्तीशाली देश अमेरीकालाई एउटा कमजोर र सानो देश Vietnam/Vietnamese हरुले आफनो राष्ट्र/राष्ट्रीयता र स्वाधीनता बचाऊनको निमित्त 1 November 1955 देखी 30 April 1975 सम्म करीबन २० वर्ष सम्म निरन्तर अमेरिका विरुद्ध भोको नाङ्गो नै बहादुरी साथ युद्ध लडेर अमेरीकालाई धुलो चटाईदिएर लखेटेको ईतिहास साक्क्षी छ।अमेरीकी Military Records/Defence Casualties Analysis System(DCAS)Extract File/Vietnam Conflict Extract Data File को तथ्याङ्क अनुसार उक्त Vietnam War मा 58,318 अमेरीकी सेनाहरु मारीए भने 303644 घाईते भए।अमेरिकीको पक्षमा लडेका South Vietnamese करीब करिब 1,95000 देखि 430,000 सर्व साधारण र 25400 देखि 3,13000 South Vietnamese सेना मारीए भने 1,70,000 घाईते भए।अमेरीकी विरुद्ध लडेका North Vietnamese 65,000 -182,000 सर्वसाधारण भियतनामी जनताहरु मारीए भने 8,49018 Vietnamese सेना मारीए र 600,000 भन्दा बढि घाईते भए भन्ने तथ्याङ्क छ।उक्त Vietnam War मा अमेरीकीहरुले करीब करिब $138,974,000,000 Dollars बजेट सिध्याएको र अमेरीकी सेनाको ईतिहासमा नै सबैभन्दा ठुलो क्षति व्योहोर्नु परेको थियो र नराम्रो संग हार भोग्नु परेको थियो।त्यस्तै अफगानिस्तानको साना-तिना र घरेलु हातहतियार सहितको सानो समुह अलकायदा, तालिवानको धार्मिक सुन्नी मुस्लिमको शाषन व्यवस्था हटाऊनको लागी अफगानिस्तान कब्जा गर्न October 7, 2001 देखी संसारकै सबैभन्दा शक्तीशाली राष्ट्र अमेरिकाको आधुनिक हात-हतियार र टेक्नोलोजी सु-सज्जित अमेरीकी सेनाको नेतृत्वमा सम्पुर्ण पश्चीमा र शक्तीशाली युरोपियन देशको संयुक्त NATO Force सहितको संसारभरीको सेना एक भएर अफगानिस्तान कब्जा गर्नको लागी तालिवान विरुद्ध युद्ध सुरुवात गर्यो।

अमेरीकी सेनाको नेतृत्वमा अफगानिस्तान कब्जा गर्न तालिवान विरुद्ध निरन्तर १२-१३ वर्ष सम्म युद्ध गर्दा करीब 2420 अमेरीकी सेना मारीए, 456 बृटिश सेना मारीए भने क्यानाडा 159, फ्रान्स 89, जर्मनी 57 लगायत गरी करीब 69,699 अमेरिकी सेनाको पक्षको मारीए भने 60,000- 65,000 तालिबानी मारीए।अन्तमा अफगानिस्तान कब्जा गर्नको निमित्त तालिबान विरुद्ध अमेरीकाको निकै लामो समयसम्म युद्ध लड्दा पनि निरन्तर अमेरीकी सेनाले नराम्ररी क्षती व्योहोर्नु पर्यो।अफगानिस्तान युद्धमा अमेरीकीको नराम्रो हार भएपछि सन 13 july 2011 देखी निरन्तर December 2016 सम्म अफगानिस्तानबाट अमेरीकी सेना लगायतको NATO Force फर्काऊन सुरु गर्यो।संसारको विभिन्न प्रतिष्ठित मिडिया अमेरीकन मिडियाहरुले समेत अफगानिस्तानको युद्धमा अमेरीकाको हार भएको हो भनेर समाचारहरु लेखे।अन्तमा सानातिना/घरेलु हात-हतियार सहित लडेको एउटा सानो विद्रोही समुह तालिबानसंग अमेरीकाले घुँडा टेकेर 2019 को February बाट कतार स्थित तालिबानी नेतासंग अमेरीकाले शान्ती वार्ताको प्रक्रिया बढायो।

विश्व भु-राजनैतिक र युद्ध ईतिहासलाई हेर्ने हो भने शक्तीशाली ठुलो राष्ट्रले जब सानो र कमजोर देशको स्वाधीनता, सार्वभौमिकता, स्वतन्त्रतालाई टेक्ने काम गरेका छन तब ती देश र जनताहरु आफनो सार्वभौमिकता, स्वाधिनता , स्वतन्त्रराष्ट्र र राष्ट्रीयता जोगाऊन बहादुरी संगले विदेशी साम्राज्यवादी, पुजीवादी विरुद्ध युद्ध लडेर धुलो चटाएका ईतिहास छन।त्यस्को एक जिऊदो उदाहरणको रुपमा अमेरीकी विरुद्धको लडाईमा North Vietnamese हरुले लडेको जिऊदो साक्षी(Vietnam War)बाट शिक्षा लिन सकिन्छ।

त्यसैले:-नेपालको सिमाना अतिक्रमण हुदा आन्दोलन, प्रतिकार गर्नु हुदैन, भारत महाशक्ति देश हो युद्ध लड्न सकिन्दैन भन्ने लाचार आत्मसमर्पणवादि मानसिकता त्याग गर्न जरुरी छ , हामी नेपालको स्वाधीनता, सार्वभौमिकता र राष्ट्र र राष्ट्रीयता जोगाउन अमेरीका र भारत बिरुद्ध Vietnam War जस्तै युद्ध लड्न र बृटिश साम्राज्यको विरुद्धमा नेपाली विर-विरङ्गना पुर्खाहरुले ईतिहासमा लडेको बहादुरीको लडाई जस्तै लड्न अझै हामी तैयार हुनुपर्छ।कुनै पनि देशसंग (Nuclear Weapon आणविक हतियार) हुदैमा जताभावी आणबिक हतियार प्रयोग गर्न पाईन्दैन।संयुक्त राष्ट्र संघको अन्तराष्ट्रीय कानुन अनुसार The Treaty on the Prohibition of Nuclear Weapon(TPNW) ले कुनै देशलाई आणबिक हतियार बनाऊनु, परीक्षण गर्नु, कतै युद्धमा प्रयोग गर्नु कसैलाई आणविक हतियारको डर-धम्की दिनु प्रतिबन्ध लगाएको छ।The Geneva Convention Protocol 1977 अनुसार दिर्घकालिन रुपमा मानविय क्षती हुने गरी प्रयोग गर्न पाईन्दैन। नेपालसंग आणविक हतियार छैन नेपाल सानो देश हो त्यसैले छिमेकी देशसङ्ग युद्ध लड्नु सकिदैन , नेपाललाई समाप्त पार्न सक्छ भन्ने आत्मसमर्पणवादि सोच नितान्त देशको अहित हुने विचार हो।

नेपालको राजनैतिक विश्लेषक तथा राजनितीक कर्मीहरुले नेपाल र नेपालीहरुलाई सिक्किमीकरण गर्न तिर उन्नमुख भएको पाईन्छ ! सिमा अतिक्रमण गर्दा पनि चुईक्क बोल्न नसक्ने , नेपाल र नेपालीहरुको मनोबल कमजोर बनाऊने काम गरीरहेका छन।नेपाललाई भारतले ईतिहासमा कहिल्यै पनि गाभ्नु सकेन र समाप्त पार्न सकेन र कहिल्यै पनि सक्दैनन् , न अमेरीका ले नै ?जब सम्म हामी नेपाली जनता जीऊदो रहन्छौ र हाम्रो शरीरमा रगत बगीरहनेछ तबसम्म केहि गर्न सक्दैन।हामी नेपालीहरु नेपालको स्वाधिनता , सार्वभौमिकता राष्ट्र र राष्ट्रीयता जोगाऊन अझै हामी Vietnam हरुको Vietnam War जस्तै लड्नुपर्दछ,अमेरीकी हस्तक्षेप विरुद्ध अफगानिस्तानको तालिबानहरुले सारा संसार एकतिर (NATO) Force संग लडेर हराएजस्तै नेपालीहरु पनि देशलाई जोगाऊन अन्तिम विकल्प युद्ध नै हो र भारतसंग लड्नुपर्दछ। नेपालको स्वाधिनता, सार्वभौमिकता राष्ट्र र राष्ट्रीयताको निमित्तको सम्पुर्ण देशभक्त नेपालीहरु स्वाधिनताको लडाई लड्न उच्च मनोबल सहित अब हामी त्यार रहनु पर्ने अवस्था आएको छ /

हाल बेलायत


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...