Saturday 21st February 2026

पहिलो चरणमा १८ लाख भारतीयलाई स्वदेश फर्काउदै


तोयानाथ उपेक्षित, भारतले विश्वका विभिन्न देशमा खास गरी खाडी राष्ट्रमा रहेका आफ्ना नागरिकलाई मई महिनाको ७ तारिकबाट स्वदेश फर्काउने अभियानको शुरुवात गदैछ । पहिलो चरणमा १८ लाख भारतीय फिर्ता हुनेछन ।

स्वदेश फिर्तीका लागि ईन्डियन नेभीले यसको नेतृत्व लिदैछ । यस अघि सन १९९० मा कुवेतबाट भारतले १ लाख ७० हजार आफ्ना नागरिक एयर लिफ्ट गरेर भारत लगेको थियो । यसपटक आफ्ना नागरिकको उद्धारका लागि ४ वटा नेभी सीप र २ वटा ठुला टयांक लोड गर्ने पानी जहाज मंगलबार ईन्डियाबाट छुटेका छन जस मध्ये ३ वटा खाडी क्षेत्रका लागि र एउटा मालदिपका लागि भनिएको छ । यसरी नै ईन्डियन एयर फोर्स ले बोईङ समेत गरेर ३० वटा एयर क्राफ्ट को सञ्चालन गर्ने छ । एयर ईन्डियाका अनुसार बोईङ ७७७ र ७८७ लाई पनि विशेष गरी युरोप र अन्य आवश्यक गन्तव्यमा मई ७ बाट उडान गरिने भएको छ ।

त्यसरी पठाईने जहाजहरुमा आउन चाहानेहरुले भने अनिवार्य यात्रा शुल्क तिर्न पर्ने हुन्छ भने उनीहरुको स्वास्थ्य जाँच पनि गरिने छ । उद्धार भएर भारत पुगेका सवैले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्न पर्ने शर्तमा मन्जुरी नगर्नेले यात्रा गर्न पाउने छैनन । आजै राती कुवेतबाट एउटा फ्लाईट भारत जादैछ । त्यसमा दुतावासमा आवेदन दिएर अग्रिम नामांकन भएका करिब २०० यात्रु रहने जनाईएको छ ।

भारतमा मार्च २५ बाट लक डाउन चालु छ । त्यहाँ कोभिड १९ को कारण ४६ हजार भन्दा धेरै संक्रमित छन भने १६०० सयले ज्यान गुमाईसकेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

प्रतिकृयाहरू
...