Wednesday 14th January 2026

कुवेतमा भक्तपुरकी मुना प्रजापतिको मृत्यु


हरि कृष्ण न्यौपाने – भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो ।

मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार ‘मृतक मुना करिब तीन महिना देखि हात दुख्ने र जिउ सुन्निने रोगले ग्रसित थिईन । उनलाई २१ दिन अघि मात्र अस्पताल भर्ना गरिएको थियो ।’

नेपाली राजदूताबास कुवेतका द्वितीयत सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने “राहदानी नं ०५८२८८०४ भएकी मुना प्रजापतिको मृत्यु भएको जानकारी दूतावासलाई आएको छ। उनको मृत्युको पूर्ण बिबरण आउन बाँकी छ । दूताबासले कानुनी प्रक्रिया र कम्पनी तथा परिवारसंग समन्वय गर्ने काम शुरू गर्ने छ।”
प्राप्त जानकारी अनुसार कुवेत पल्स क्याटरिङ कम्पनीमा कार्यरत मृतक मुनाको एक छोरी र श्रीमान नेपालमा रहेका छन ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...