Sunday 21st December 2025

कुवेतमा एकै दिनमा १० नेपाली सहित ३०० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२९ तारिक बुधबार सम्म ६१ नेपाली सहित ३७४० जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ३०० जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १० नेपाली सहित ८७ जना भारतिय तथा ९२ जना बंगालादेशी नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ५७ बर्षिय फिलिपिनो नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा २१३ जनाले स्वास्थ्य लाभ गरेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ३७४० संक्रमित मध्ये ६६ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म १३८९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...