Friday 3rd April 2026

कोरोना विरुद्धको भ्याक्सिन सेप्टेम्बर सम्ममा १० लाख डोज तयार हुने


तोयानाथ उपेक्षित, व्रिटिस बैज्ञानिकहरुले कोरोना विरुद्धको भ्याक्सिन उत्पादनमा लागेका छन । उनीहरुका अनुसार उक्त भ्याक्सिन सेप्टेम्बर सम्ममा १० लाख डोज तयार हुनेछ ।
अक्सफोर्ड युनिभरसिटीमा कार्यरत बैज्ञानिकहरुले आउदो साताबाट कोभिड १९ विरुद्धको खोप निर्माणको कार्यको थालनी गर्दैछन । उक्त खोपको परिक्षण सँगसँगै त्यसको उत्पादन पनि शुरु गर्न लागिएको बताईन्छ । अक्सफोर्ड विश्वविधालयको जेनर ईन्टिच्युटका निर्देशक प्रोफेसर एड्रियन हिल भन्छन उत्पादित खोपको प्रभाव कस्तो हुन्छ भनेर पर्खने जोखिम मोल्ने समय छैन । त्यसो गर्दा अरु केही महिना ढिलो हुन जान्छ । उनले स्काई न्युज सँग कुरा गर्दै भने यदि भ्याक्सिन फेल भयो भने कसैले पनि यो खोप लिदैनन । हामीलाई विश्वास छ यसले काम गर्नेछ । यो एक अहम सवाल हो तर असम्भव होईन ।

अक्सफोर्ड बैज्ञानिकहरुको टिम ले भनेको छ निर्माणाधिन भ्याक्सिनमा सफलताको चान्स ८० प्रतिशत छ । ट्रायल को सुखद परिणाम आउनसाथ यो हजारौ लाखौ खुराक पनि तयार भईसकेको हुनेछ । उनीहरुका अनुसार उक्त भ्याक्सिनलाई ChAdOx1 nCoV-19 नाम दिईएको छ जुन चिम्पान्जी भाईरसको अनुवंशिक विधीबाट तयार गरिन लागिएको हो जुन कोरोना भाईरसको भाग नै हो । जसको प्रयोग पहिले नै अन्य विमारीका लागि प्रतिरक्षा प्रणाली विकाशसमा बरदान सावित भईसकेको हो । यस भ्याक्सिनको साईड एफेक्ट नहुने भएकाले गर्दा यसको प्रयोगमा ढिलाई गर्ने कारण नभएको बैज्ञानिकहरुको ठम्याई छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...