Thursday 12th March 2026

कुवेतमा कामबिहीन रहेका नेपालीको उद्धार कस्ले गर्ने?


प्रदिप थेबा लिम्बू केरुङ- अहिले बिश्वब्यापी संक्रमण covid – 19 corona virus बाट संसारभरी नै संकट परि रहेको छ। यसै सन्दर्भमा :- वैदेशिक रोजगारमा अवस्थित नेपालीहरु मध्ये सानो gulf कुवेत देशमा पनि ७५ हजारको तुलनामा नेपाली जनसंख्याको हाराहारीमा कार्यरत श्रमिक रहेको छ्न ।जसमध्ये अहिले कुवेत सरकार देशले मार्च १२ देखि luck down कै निगरानीमा राखिएको छ । यसमा नेपाली श्रमिकहरुको स्थिति नाजुक आउने स्थिति पकै देखिन्छ । अझ खोल्ने निश्चिति देखिन्दैन कोरोना संक्रमितहरु दिन दिनै बड्दो अवस्था भइ रहेको छ जस्मा २०% नेपाली कामदार हरु एकदमै जोखिम परेका देखिन्छन कतिपय सानो कम्पनी प्राइभेट कम्पनी दोकान ब्युट्री पार्लर रेस्टुरेन्ट जस्तामा काम गर्ने नेपालीहरु काम बिना बसाई भइ रहेको छ। न तलब न खानको सुबिधा स्थिति गम्भीर छ । र इलिगल नेपालीहरु झन महा संकटमा छ्न कुवेत देशले आफ्नो देश जाने नागरिकहरुमा हिजाजत दिई सकेको छ जसमा नेपाली इलिगल भागेर बस्ने नागरिकहरुलाई आममाफी सहित छुट देश फर्किने घोषणा गरि सकेको छ तर् कुनै सम्बन्धित नेपाल mbc नेपाल सरकार बाट त्यती चासोको विषयमा अघि कदम सारेको देखिन्दैन यहि कारण इलिगल नेपालीहरु न घर न घाट न उता एता जान नै समस्या भइ रहेको छ । यसको लागि तुरुन्तै नेपाल सरकार र कुवेत अवस्थित नेपाल राजदूतवास mbcको पहल संगै नेपाल सरकारको पहल दुबैको उदार कार्यमा जोड्टोडका साथ कदम छिटो चाली कुटनैतिक सम्बन्ध सद्भाव संगै नेपालीहरुको समस्या र उद्धार सम्बन्धि चासो तुरुन्तै राख्नु पर्दछ । साथै यहाँ कुवेतमा च्याउ झै उम्ब्रेका संघ संस्था सामाजहरु अझ मुखमा पट्टि बान्धेर कसैको चासो नदिएको देखिन्छ कुनै पनि संघ संस्था समाज अझ सम्म नेपालीहरुको बारेमा चिन्ता चासो लिएको बुझेको देखिन्दैन मुख्य NRN पनि चुपचाप देखिन्छ यो आवस्थामा केही आपत परेका श्रमिक नेपालीहरुलाई स्थिति देखेर बुझेर उनीहरुको उद्धार गर्न अति आवस्यकको कुरा हो र केहि कम्पनीबाट खान २/३ महिना तलब नपाउने जस्ता नेपालीहरुको लागि राहत खान सम्म ब्यस्थापन मिलाउन सके पनि नेपालीहरुको ज्यान जोखिम बाट बचाउन सकिन्छ यो बिसयमा सबैजना लाग्न पर्छ बिपत्तिको आवस्थामा सबै एक हुन सकियो भने हामी नेपालीहरुको एकतामा एउटा दरिलो संदेशको छाप बस्न सक्छ त्यसैले NRN कल्ब संघ संस्था समाज बुद्धिजिवि समाज प्रेमी सबैबाट नेपालीलाई पर्ने समस्या सम्बन्धि आज बाट नै उद्धार जसता मा कदम चाल्ने काम गरौ अहिले भोलि पछी सम्म कुवेत अवस्थित नेपालीहरु सामाजिक सद्भाव नेपाली एकता हुन आवस्यक छ ।

हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...