हरि कृष्ण न्यौपाने- बराहक्षेत्र नगरपालिका-२ चतरा, इटहरी-सुनसरी घर भई कुवेतमा कार्यरत राज कुमार निरौलाको हृदयघातका कारण मृत्यु भएको छ।
उनको गत मार्च २८ तारिक,२०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबस कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने” राहदानी नं-०८३४७३३० बाहक मृतक राज कुमार निरौला इन्टरग्रेटेड लोजेस्टिक कम्पनीमा आएको देखिए पनि करिब एक बर्ष देखि अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।उनको हृदयघातको कारण आदान अस्पतालमा मार्च-२८ तारिक मृत्यु भएको र दूताबासबाट गर्नु पर्ने सम्पूर्ण कागती प्रकृया शुरु गरिएको छ।मृतकको घरमा दुई श्रीमति र ६ छोरी रहेका छन।