Thursday 12th March 2026

कुवेत अपडेट: १४ नेपाली सहित १४०५ जना कोरोना संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक  रहेका छन । त्यसैगरी आज पनि थप एक नेपाली सहित कोरोना संक्रमित नेपालीको संख्या १४ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार आजसम्ममा जम्मा १४०५ जना संक्रमित मध्ये अहिले सम्म २०६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । त्यसैगरी कोरोना भाइरस संक्रमित ११९६ जना उपचाररत छन भने ३१ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ जना कुवेती नागरिक छन भने एक जना भारतीय नागरिक रहेका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...