Friday 14th November 2025

कुवेतमा ११ नेपाली सहित १२३४ जना कोरोना संक्रमित


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१२ तारिक आइतबार सम्म ११ नेपाली सहित १२३४ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २ नेपाली सहित ८० जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ४२ जना भारतिय नागरिक रहेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा १२३४ संक्रमित मध्ये २९ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म १४२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।कुवेतमा हाल सम्म एक जना भारतिय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यसै गरि अप्रिल १२ तारिक कुवेतको स्थानिय समय दिनको ४ बजे सम्मको बिश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांकलाइ हेर्दा हाल सम्म बिश्वभर १७ लाख ९५ हजार ७ सय ४७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन।जस मध्ये ४ लाख ११ हजार 9 सय ४० जना संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन भने १ लाख १० हजार ५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाई सकेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...