Wednesday 14th May 2025

लकडाउनको समयमा हाम्रो खानामा सिएफ भन्दा पिभीको जरुरत छ


आर.बि.बुढाथोकी, सुसेफ सोल्टी क्राउन प्लाजा होटेल
अहिले बिस्व एक बिसम परिस्थितीमा गुज्रेको अवस्थामा छ। अधिकाम्स मानिस लक डाउनका कारण घर मै रहेर कोरना भाईरसको समाना गरिरहेको अवस्थामा दिनचर्या गुजार्न कठिनाइ भईरहेको छ । द्रुत गतिमा चलेको जिबन यापनलाई एक्कासी ब्रेक दिदा धेरैको मन मस्तिक्समा सक हुन पुगेता पनि यो सामना गर्नु र वयट एन्ड सि बाहेको अर्को बिकल्प छैन तसर्थ यो समयलाई सरल सहज र सुरक्षित बनाउनु नै तत्कालको सबैको आवश्यकता हो । लकडाउनको समयअबधी लम्बिदै गर्दा सबैका घरमा खाद्यानको अभाब हुँदै गएको सहज अनुमान लगाउन सकिन्छ । यो बिसम समयमा घरमा क् छ त्यसैलाई सदुउपयोग गरेर दिनचर्या गुजार्नु नै बुद्दिमानी मानिन्छ । हाम्रो शरीरलाई कर्बोहाइडेड,चिल्लो पदार्थ,प्रोटिन,भिटामिनको जरुरत भएता पनि अहिलेको अबस्थामा तपाईंले सिएफ अर्थात कार्बोहाइडेट,फ्याट भन्दा पिएफ(प्रोटिन,भिटामिन) जरुरी छ। घरमा बसीरहेको र कुनै काम नहुँदाको यो निस्कृय अबस्थामा कार्बोहाइडेट र चिल्लो पदार्थ कम गर्ने र त्यही अनुसारको खाना खादा राम्रो हुन्छ तसर्थ तपाईंलाई उत्तम उत्तम डाइट भनेको मिक्स गरेर खाने नै उतकृष्ट मानिन्छ। तपाईंको घरमा उप्रेको पाप्रेको दालहरु गेडागूडी जस्ता प्रोटिन र भिटामिन युक्त खाध्यान्नमा झोलिलो मोलिलो बनाएर सेबन गर्दा उत्तम हुन्छ । भेटेसम्म र सहज भएसम्म सिट्रसयुक्त ताजा जुस पिउनु पनि शरीरको लागि अती उत्तम मानिएको छ ।

कुनै पनि फ्लु या ब्याक्टेरियाले हाम्रो शरीरको पाचन प्रकियालाई कमजोर बनाउने हुँदा यो समय झाडापखला लाग्ने ज्वोरो आउने टाउको दुख्ने हुँदा झन शरीरमा इम्युनिटी शक्ती कमजोर हुन्छ र सहज रुपमा सक्रमण हुन सक्छ। तसर्थ मिक्स दाल तथा मिक्स तरकारीमा पर्याप्त मात्रामा झोल हालेर पकाएको खाना अहिलेको समयमा उचित फाईदा पुर्याउछ। शरीरक रुपमा पनि कुनै कठिन काम गर्न नपर्ने हुँदा सकेसम्म लाइट खाना खादा उत्तम हुन्छ । अन्य दिन जस्तो हामी नियमित रुपमा काममा नजाने हुँदा अहिलेको यो अवस्थामा हामीलाई कार्बोहाइडेट र चिल्लो पदर्थ भन्दा प्रोटिन र भिटामिनको जरुरत छ । अहिलेको अवस्था हेरी हाम्रो शरीरलाई जरुरत पर्ने केही संक्षिप्त र सरल बिधी तल दिएका छौ ।
b
सब्जी फाडो:सब्जी फाडो एक बिभिन्न ताजा तरकारीहरु मिसाएर बनाउने नेपालको प्राचिन झोल तरकारी हो जुन तरकारीमा तपाईंले कुनै पनि सब्जी मिसाउन सक्नु हुन्छ जस्तो,फर्सी,गाजर,लौका,चिचिन्नो,इस्कुस,टमाटर,हरियो सागसब्जी इत्यदी र भुजा या रोटीसँग खान सकिन्छ ।
पञ्चकुवा:यो सुप जस्तो बिभिन्न पाच किसिमको गेडागूडी मिसार बानाइन्छ र बहुत झोलिलो हुन्छ। ज्वानो झानेर बनाइने यो गेडागूडीको झोल तरकारी पनि तपाईंले सहज रुपमा घरमा उपलब्द्द समान जुटाएर सजिलै बनाएर पिउन या फुजासँग खान सक्नु हुन्छ।
जोगी जाउलो:जोगी जाउलो पनि एक नेपाली प्राचिन खाना हो जसमा मिक्स दाल,चामल र मिक्स सब्जी हालेर तयार गरिन्छ जुन अहिलेको अबस्थालाई निकै उपयोगी खाना साबित भएको छ।
दुध रोटी या दाल रोटी:दुध उमालेर मुछेको पिठोलाई बिलेर सानो सानो पिसमा काटेर बनाइने दुध रोटी निकै स्वादिस्ट र स्वास्थ्यबर्दक मानिन्छ र दाल रोटी पनि रामो,सरल,सादा र स्वास्थ्य बर्दक मानिन्छ।
ज्वोनो को झोल: ज्वानोको झोल बनाएर खादा पनि अहिलेको समयलाई उचित मानिन्छ जसले शरीरलाई प्रतीरोगआत्मक शक्ती बढाउनुको साथै शरीरमा तापक्रम बढाउन मद्त गर्छ र सक्रमण हुनबाट केही हदसम्म जोखिम हटाउछ।
आलु,तामा,बोडी:आलु,तामा,बोडी पनि नेपालको एक प्रसिद्द र प्रचिन खाना मानिन्छ जुन हाम्रो मैलिक खाना पनि अहिलेको लागि उत्तम हुन सक्छ र सहज रुपमा बनाउन सकिन्छ।
अन्डा झोल करी: यो तरकारी पनि एक प्रोटिन युक्त झोल तरकारी मानिन्छ र सहज रुपमा घर मै बनाउन सकिन्छ।
कुखुराको झोल:नेपाली स्टाएलको कुखुराको मासुमा पर्याप्त मात्रामा पानी र गरम मसला हालेर बनाइएको पनि निकै स्वादिस्ट,सरल,पोस्टिक युक्त र मौलीक खाना हुन्छ र भुजा या कोदो फापरको ढिडो सँग खान सकिन्छ।
दही च्याख्ला:मकैको च्याख्ला र दही मुछेर खादा पनि निकै स्वादिस्ट,फाइबरयुक्त र स्वाश्थ्यबर्दक हुन्छ जुन हाम्रो प्राचिन र मौलिक खाना पनि मानिन्छ र सहज रुपमा घर मै बनाउन सकिन्छ ।
भटमासको सुप:भटमास भिजाएर पिसेर नेपाली स्टायलले सहज रुपमा बनाउएर पिउन सकिन्छ ।
ज्वानो जाउलो/मेथी जाउलो:ज्यानो या मेथी झानेर मिक्स भेज,मिक्स दाल,थोरै चामल,हरियो साग सब्जी हालेर झोलिलो तबरले बनाएको यो खाना पनि अहिलेको लागि उत्तम रेसिपी हुन्छ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...