Wednesday 29th October 2025

माहाबुल्लाहा, फरमानिया र जीलिप मा भोलीबाट पूर्णकालिन कर्फ्यु


तोयानाथ उपेक्षित, कोरोना संक्रमणलाई अरु फैलनबाट रोक्नका लागि भोली बेलुकाबाट लागु हुने गरी कुवेत स्थित जीलिप, फरमानिया र महाबुल्लाह एरियामा पूर्णकालिन कर्फ्यु लाग्ने भएको छ ।

अरब टाईममा भरखरै प्रकाशित समाचार अनुसार गृहमन्त्रालयले सरकारबाट उक्त क्षेत्रगत कर्फ्यु कार्यान्वाईनका लागि आदेश पाईसकेको जनाईएको छ तर यसको विस्तृत विबरण प्रकाशन भइनसकेको जनाएको छ ।

कोरोनाले समुहमा संक्रमण गर्न थालेका यी एरियामा वैदेशीक रोजगारीका शिलशिलामा कुवेत आएका विभिन्न देशका नागरिकहरुको बाक्लो बसाई रहेको छ । यसक्षेत्रमा कम्पनीका आवासिय भवनहरु पनि घना रुपमा छन । समाचारमा भनिएको छ ती स्थानहरुमा निश्चित समय का लागि किनमेल गर्ने अवसर दिईने छ । तर उनीहरुले ईलाका बाहिर निस्कन पाउने छैनन । समाचारमा उल्लेख गरिएका करफर्यु घोषित एरियाहरुलाई पूर्ण रुपमा बन्द गरिनेछन तर सरकारी ईजाजत भएकाहरुले भने प्रवेश पाउने छन । यस समयमा सुरक्षा फोर्स, र ट्राफिक परिचालन गरिने छन । यसरी नै उद्धार टिम र प्रहरी गस्ती टोलीहरु परिचालन गरिनेछन ताकी कोही पनि घरबाट बाहिर निस्कन नपाओस ।

घोषणा हुन लागेको करफर्यु सम्बन्धि विस्तृत विवरण केही घण्टा भित्र आउन सक्ने समाचारमा जनाईएको छ । तोकिएका ईलाकामा लगभग एक दर्जन भवनहरु पहिले नै क्वारेन्टाईन का रुपमा सुरक्षा घेरामा छन । आज सम्म कुवेतमा कोरोनाको संक्रमण ५५६ जना मा छ । विगतमा हवाईजहाज को यात्राबाट आउनेहरुमा संक्रमण पाईए पनि पछिल्ला दिनहरुमा कुवेत भित्र संक्रमितको संख्या तिब्र रुपमा देखिन थालेपछि पूर्णकालिन करफर्यु लगाउन पर्ने माग संसदमा उठदै आएको थियो ।

उक्त करफर्यु कति दिन सम्म लाग्ने हो भन्ने अहिले सम्म केही खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार, आन्ध्र प्रदेशको काकीनाडा र मछलीपट्टनमको बीचमा चक्रवात 'मोन्था' को जमिनमा ठोक्किने प्रक्रिया सुरु…

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

प्रतिकृयाहरू
...