Wednesday 14th October 2026

हजारौको संख्यामा क्वारेन्टाईन बनाउ हामी झिटिगुण्टा बाधेर बसेका छौ


तोयानाथ उपेक्षित, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जीवा लामिछाने सँगको एक अन्र्तवार्तामा आवश्यक परे विदेशमा रहेका नेपालीहरुलाई मुलुक फर्काउन सरकार तयार छ भनेर दिएको अभिव्याक्ति राजनैतिक गफ होईन भने अव हजारौ लाई राख्न सकिने अस्थाई आईसोलेसन सेन्टर बनाउन थाले हुन्छ । विदेश छाडेर नेपाल फर्कन चाहाने नेपालीहरुको संख्या लाखौ छ ।

सरकारले यस कार्यका लागि सात प्रदेशका सरकार भंग गरे उक्त कार्यका लागि बजेटको कुनै अभाव हुदैन । आफ्ना नागरिक नै नचाहिएको हो भने कुरा बेग्लै हो । प्रदेश सरकार नेपाल जस्तो मुलुकका लागि नमच्चिने पिङ्ग को सय झड्का भन्ने अब सवैले बुझिसकेका छन । सवै भन्दा पहिले त्यसलाई खारेज गरौ, कोरोनाले यहि भन्छ । हाम्रो जस्तो सानो भुगोल र गरिब देशका लागि दुई तह को सरकार काफी छ ।

अष्ट्रेलिया, कोरिया, जापान, अमेरिका र युरोप तिर बस्ने नेपालीहरुको मनोविज्ञान समेत अहिले नेपाल नै फर्कन पाए हुन्थ्यो भन्ने भईरहेको छ भने खाडी र मलेशियामा काम गर्ने श्रमिकहरु त प्लेन खुलेका दिनबाट नै फर्कन शुरु गर्नेवाला छन । कसलाई के थाहा कोरोनाको कहर कति समय चल्ने हो । सधै भरी हवाईजाहज बन्द गरेर नै विश्व त चल्दैन होला पक्कै पनि । अनि नेपालले समेत हवाई सेवा खोलेका दिनबाट आउने नेपालीलाई रोक्न त मिल्दैन होला । कोरोना एकाध महिना वा सालभरमा समाप्त हुनेवाला छैन । यो समाप्तै भयो भने पनि लाखौले त्यसबेला सम्म रोजगारी गुमाईसकेका हुनेछन । उनीहरु घर नफर्केर कहाँ जाउन ? कसैको परिवारले चाहादैन मेरो मान्छे अव घर नआई उतै बसोस । अनि लाखौ नेपाली घर आउदा कम्तिमा पनि हजारको संख्यामा कोरोना नआउला भन्ने छैन । यसर्थ अव को प्राथामिकता एक पटकमा हजारौको संख्या अटाउने ठुलठुला क्वारेन्टाईन सेन्टर हुन जरुरी छ ।

कामना गरौ यसको भ्याक्सिन चाडै तयार होस यदि त्यसै भए पनि त्यो नेपाल जस्तो देशमा सर्वसाधारणको उपचारका पहुचमा पुग्न त्यसपछि कति समय लाग्ला । यसर्थ दिर्घकालिन र दुरदृष्टि देखाउने बेला आईसकेको छ । महाकाली पुलमा जवरजस्ती रोक्न खोज्दा लुकिछिपी पस्नेहरुका कारण संक्रमण कसरी फैलियो देखिसकेको कुरा हो । यसर्थ राज्यले बुझोस खाडीमा बस्ने हजारौ नेपाली झिटिगुण्टा बाधेर बसेका छौ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...