Sunday 15th March 2026

लक डाउनमा रहँदा के खाने?कसरी स्वास्थ्य रहने ?


आर.बि.बुढाथोकी, सुसेफ – सोल्टी क्राउन प्लाजा होटेल – विश्व अहिले एक विषम् परिस्थितीमा गुज्रेको छ र नेपाल पनि यस विषम् समय गुजार्न अती कस्ट भएको सबै सामु देखिएको छ । अहिलेको यो विषम् परिस्थिती गुजार्नु हाम्रो बाध्यता मात्र होइन राष्ट्रको लागि एउटा ठुलो योगदान पनि हो । लक डाउनको समयमा घर मै बसी कसरी ब्यतित गर्ने र यो सुबर्ण अबसरलाई सदउपयोग गर्ने भन्ने ज्ञान नहुँदा धेरै नेपालीहरु अन्योलमा गुज्रीरहेका छन । यस्ता विषम् परिस्थिती यो नयाँ पुस्ताले नदेखेका कारण पनि यो स्थिती श्रृजना भएको सहज अनुमान लगाउन सकिन्छ । तर यो विषम् परिस्थितीमा कसरी संयम हुने र आफ्नो परिवारलाई कसरी संयम राख्ने भन्ने कुरा महत्वपूर्ण कुरा हुन आउँछ । यदी हामी संयम भएर विश्वसामु उदाहरण भएर देखाउन सकेको खन्डमा हामी अब्बल साबित हुनेमा दुई मत छैन । घरमा बस्दा लक डाउनको समयमा तपाईंले जानेका र बुझेका विविध खाने कुरा र परिकार बनाएर पनि आफ्नो परिवारलाई समय व्यतित गराउन सक्नु हुन्छ । आफ्नो परिवार र आफ्ना बच्चाहरुलाई मन पर्ने खानेकुरा बनाएर पस्कनुस या बिभिन्न फिल्म त तथा डकुमेन्ट्री देखाएर बिभिन्न काम गरेर पनि परिवारमा खुशी छाउन सकिन्छ । सबै बजार बन्द्द भएको यो अवस्थामा आफुले भनेको ठाउँमा घुमाउन या खुवाउन नसके पनि आफ्नो घर र वरिपरी उपलब्ध समान जुटाएर परिवारलाई खुशी र इङगेज गर्न सके अती उत्तम हुन सक्छ ।तपाईंले पाउनु भएको यो समयलाई एक अबसरको रुपमा साबित गर्न सक्नु भयो भने एक सुनौलो बिहानी आउनेमा सबै आशाबादी छन। तसर्थ सबैले घरमा बस्दा बिभिन्न रचनात्मक काम गरेर ब्यतित गर्नु नै आजको प्रमुख आवश्यकता हो । आफुलाई कुनै खाना बनाउने ज्ञान छैन भने युटुबमा हेरेर पनि खाना तयार गर्न सकिन्छ तसर्थ तपाईंलाई मात्र कुन खाना बनाउने हो खानाको नाम थाहा हुनु पर्‍यो । जस्तो कि तपाईंले परिवारका लागि कुनै चटपटा खाना बनाउन पर्‍यो भने भेल पुरी,चाट तथा बिभिन्न इन्डियन चटपटा खानाको रेसेपी खोज्न सक्नु हुन्छ । तपाईंलाई कुनै भेज या नन भेज पकोडा बनाउन मन लागेमा सर्च गर्न सक्नु हुन्छ । कुनै करी, ग्रेभी या बिर्यानी बनाउन मन लागेमा पनि गुगलमा सहज तरिकाबाट पाउन सक्नु हुन्छ । विश्व परिक्षण र बैज्ञानीकहरुका अनुसार यो समयमा भिटामिन युक्त खानेकुरा खानु उपयुक्त मानिन्छ । जस्तो कि बिभिन्न सिट्रस युक्त खानेकुरा कागती,निबुवा,सुन्तला खानु राम्रो मानिएको छ ।

सकेसम्म मच्छा मासु कमै खादा राम्रो मानिन्छ र अल्कोहल नखान अनुरोध गरिएको छ । अल्कोहलले मनिसमा रोग निररोधक क्षमता कम गराउने हुँदा कोरोनासँग लड्ने शक्ती कम हुने बिज्ञहरुको तथ्य छ । पानी प्रसस्त मात्रामा पिउने र सकेसम्म झोलिलो मोलिलो खाना खानु उत्तम मानिन्छ । कोरनाबाट जोगाउन बुढाबुढी तथा बालबच्चालाई जोगाउन झन सचेत रहनु जरुरी छ । यो बर्गका समुहलाई बिशेष ध्यान दिएर सेल्फ डिस्ट्यान्समा राख्नु र माक्स लगाइ भिडभाडमा नजानु उत्तम मानिएको छ। दिनमा ५ या ६ पटक साबुन पानीले हात धुनु जरुरी छ ।
के के बनाउन सकिन्छ त घर मै बसेर ?

भेज पकोडा,पनीर पकोडा,भेज बिर्यानी,नन भेज बिर्यानी,पास्ता,आलू परोठा,उत्पम,उपमा,रसम,भिन्डालु, पुलाउ,भेल्पुरी,पप्डी चाट,समोसा चाट,आलु चाट,डोसा,साम्बर, इडली, म म, चाउनिन, ड्रम स्टिक, फ्रेन्च प्राइज, तावा पिज्जा, बर्गर,सन्डिविच, काठी रोल, सेल, पुलौरा, हट डग,चाम्रे,सेकुवा,तास,खसिको पकुवा,छोइला,बारा,चटामरी,खिर,गुलाब जामुन,रबडी,कुराउनी,रसबरी,सेबाइ खिर, पन्थुवा,फिर्नी,जेरी,खजुरी,पत्रे,कुकिज,केक,ठोकुवा आदी या देश अनुसार कुनै पनि खानाको बारेमा अध्ययन र रेसेपी लिन सक्नु हुन्छ । यि सबै खानाका रेसिपी तपाईंहरुले घर मै बसेर सहज रुपमा युटुब या गुगलमा सर्च गरेर खोज्न सक्नु हुन्छ । तपाईंले होटल या रेस्टुरेन्टको जस्तो बनाउन नसकेता पनि परिवारको खुशीको लागी ८० प्रतिशत सही र स्वस्थ तरिकाबाट तयार गर्न सक्नु हुन्छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...