Friday 3rd April 2026

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द


कोरोना भाइरस (कोभिड–१९) बारे ‘भ्रम फैलाउने’ ३ वेबसाइट बन्द गरिएको प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ। शुक्रबार ती वेबसाइटमा नेपालबाट कुनै सामग्री प्रकाशन प्रशारण गर्न नपाउने गरी बन्द गरिएको हो।

‘नोबेल कोरोना भाइरसको संक्रमणका घटना अत्यन्तै आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट देखिन आएको छ’, काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रशारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको छ।’

योसँगै हालसम्म ११ वटा वेबसाइटलाई नेपालबाट खुल्न नसक्ने गरी बन्द गरिएको काउन्सिलले जनाएको छ।

यसैगरी काउन्सिलले अन्य ३ वटा वेबसाइटलाई आपत्तिजनक तथा विवादास्पद सामग्री हटाउन र २४ घण्टाभित्र स्पष्टकरण दिन निर्देशन दिएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...