Friday 16th January 2026

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द


कोरोना भाइरस (कोभिड–१९) बारे ‘भ्रम फैलाउने’ ३ वेबसाइट बन्द गरिएको प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ। शुक्रबार ती वेबसाइटमा नेपालबाट कुनै सामग्री प्रकाशन प्रशारण गर्न नपाउने गरी बन्द गरिएको हो।

‘नोबेल कोरोना भाइरसको संक्रमणका घटना अत्यन्तै आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट देखिन आएको छ’, काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रशारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको छ।’

योसँगै हालसम्म ११ वटा वेबसाइटलाई नेपालबाट खुल्न नसक्ने गरी बन्द गरिएको काउन्सिलले जनाएको छ।

यसैगरी काउन्सिलले अन्य ३ वटा वेबसाइटलाई आपत्तिजनक तथा विवादास्पद सामग्री हटाउन र २४ घण्टाभित्र स्पष्टकरण दिन निर्देशन दिएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...