Thursday 2nd April 2026

चैत ११ देखि १८ गतेसम्म देशै लकडाउन


तितोपाटी – कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।

अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको भएपनि आजमात्रै खतिवडाले यो निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी लकडाउनको निर्णय गरिएको खतिवडाले बताए ।

जसअनुसार औषधि उपचार र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ भने अनुमतिप्राप्त सवारी साधन, सुरक्षा निकायबाहेक सबैप्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै आन्तरिक व्यवसायिक उडानमा पनि रोक लगाइएको छ भने अतिआवश्यक पर्ने सरकारी कार्यालयका कर्मचारीबाहेक अन्यलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ ।
निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिन भनिएको छ।

रातोपाटीबाट साभार 


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...