Tuesday 13th January 2026

कल्याणकारी यूवा समाज कुवेतद्वारा मृतक गुरुङको परिवारलाई आर्थिक सहयोग


हरि कृष्ण न्यौपाने-कुवेतमा रक्त क्यान्सरबाट बिरामी भई उपचार गराइरहेकी र गत महिना मात्र स्पोन्सरले नेपाल फकाइ दिएको गोरखा आरुघाट-२ कि २२ बर्षिय प्रीति गुरुङको निधन भएको छ।घरेलु कामदारको रुममा कुवेत आएर रक्त क्यान्सर पिडित भई हुन सक्ने सम्मको उपचार गराइ डक्टरकै सल्लाहमा र मृतक अनि उनको परिवारको आग्रहमा नेपाल फर्काइएकी अनि केही हप्ता पहिले मृत्यु भएकि प्रीति गुरुङको परिवारलाई कल्याणकारी नेपाली यूबा समाज कुवेतले आर्थिक सहयोग गरेको हो।
मृतक प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुँदा देखिनै उनलाई भेटदै उनको उपचारको लागि सहयोगको अभियान शुरु गरिएको र उक्त समयमा संकलन गरिएको रकम नेरु ५१,०००(एकाउन्न हजार नेरु) समाजका सदस्य बिर ब. घलेले मृतकका आमा फूलमाया गुरुङलाई निजकै निवास पुगि हस्तान्तरण गरेका छन ।
मृतक गुरुङलाई जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गरिएको समाजका उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी डटकमलाई बताए ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...