Thursday 2nd April 2026

कल्याणकारी यूवा समाज कुवेतद्वारा मृतक गुरुङको परिवारलाई आर्थिक सहयोग


हरि कृष्ण न्यौपाने-कुवेतमा रक्त क्यान्सरबाट बिरामी भई उपचार गराइरहेकी र गत महिना मात्र स्पोन्सरले नेपाल फकाइ दिएको गोरखा आरुघाट-२ कि २२ बर्षिय प्रीति गुरुङको निधन भएको छ।घरेलु कामदारको रुममा कुवेत आएर रक्त क्यान्सर पिडित भई हुन सक्ने सम्मको उपचार गराइ डक्टरकै सल्लाहमा र मृतक अनि उनको परिवारको आग्रहमा नेपाल फर्काइएकी अनि केही हप्ता पहिले मृत्यु भएकि प्रीति गुरुङको परिवारलाई कल्याणकारी नेपाली यूबा समाज कुवेतले आर्थिक सहयोग गरेको हो।
मृतक प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुँदा देखिनै उनलाई भेटदै उनको उपचारको लागि सहयोगको अभियान शुरु गरिएको र उक्त समयमा संकलन गरिएको रकम नेरु ५१,०००(एकाउन्न हजार नेरु) समाजका सदस्य बिर ब. घलेले मृतकका आमा फूलमाया गुरुङलाई निजकै निवास पुगि हस्तान्तरण गरेका छन ।
मृतक गुरुङलाई जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गरिएको समाजका उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी डटकमलाई बताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...