Friday 16th January 2026

कोरोना प्रभाव : एसइई परिक्षा स्थगित


तितोपाटी-सरकारले भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको नेपाललाइभलाई बताए। कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो।

यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय भने बिहीबार गर्ने जनाइएको छ। चैत १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए।

यसअघि सरकारले चैत ५ गतेसम्म कक्षा १ देखि ९० सम्मका परीक्षा सन्चालन गरिसक्न अनुरोध गरेको थियो। सोअनुसार अधिकांश विद्यालयले बुधबारसम्म सबै परीक्षा सञ्चालन गरिसकेका छन्।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...