Saturday 11th April 2026

कोरोना प्रभाव : एसइई परिक्षा स्थगित


तितोपाटी-सरकारले भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको नेपाललाइभलाई बताए। कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो।

यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय भने बिहीबार गर्ने जनाइएको छ। चैत १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए।

यसअघि सरकारले चैत ५ गतेसम्म कक्षा १ देखि ९० सम्मका परीक्षा सन्चालन गरिसक्न अनुरोध गरेको थियो। सोअनुसार अधिकांश विद्यालयले बुधबारसम्म सबै परीक्षा सञ्चालन गरिसकेका छन्।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...