Saturday 17th January 2026

अमेरिकाको सबै राज्यमा फैलियो कोरोना भाइरसको संक्रमण


तितोपाटी – अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको  छ।

मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्।

राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का ६ हजार संक्रमण पुष्टि भइसकेका छन् भने १०५ जनाको ज्यान गइसकेको छ।

यसैगरी संसारभर करिब २ लाख संक्रमण पुष्टि भइसकेका छन् भने करिब ८ हजार जनाको ज्यान गइसकेको छ।

सेतोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...