Tuesday 13th October 2026

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु कोरोना संक्रमित वा मृत्यू भएमा बीमा रकम पाउने कि नपाउने?


तितोपाटी- वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकहरुले करार अवधिअनुसार अनिवार्य रुपमा कम्तिमा ५ लाखको म्यादि जीवन बीमा गराएका छन्।

वैदेशिक रोजगारीका क्रममा कुनै गम्भीर चोटपटक वा रोग लागेमा तथा मृत्यू भएमा उनीहरुले बीमा रकम प्राप्त गर्दछन्। स्वास्थ्य बीमाअन्तर्गत मिर्गौला खराबी, ब्रेन ट्युमर, प्यारालाइसिस्, क्यान्सरलगायत विभिन्न १५ प्रकारका घातक रोग लागेमा ५ लाख बिमांक पाउने व्यवस्था छ।
करार अवधिमा दुर्घटना वा विभिन्न कारणबाट मृत्यू भएमा सम्बन्धीत बीमा कम्पनीबाट २० लाखसम्म बीमा रकम पाउँछन्। स्वास्थ्य बीमाअन्तर्गत रकम पाउनका लागि निश्चित दायरा तय हुँदा कोरोना संक्रमितहरुले स्वास्थ्य बीमाअन्तर्गतको रकम पाउन सकिने अवस्था देखिँदैन।पछिल्लो समय फैलिएको कोरोना संक्रमणका कारण विदेशमा कुनै श्रमिकको मृत्यू भइहालेमा उनीहरुले बीमा रकम पाउने कि नपाउने? यतिबेला यो विषय चौतर्फी चासोको विषय बनेको छ।
यस सम्बन्धमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँई भन्छन्, ‘अहिले हामी केही पनि भन्न सक्दैनौँ, वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको कोरोना संक्रमणका कारण मृत्यू भई बीमा रकमका लागि दाबी आएमा सञ्चालक समितिको छलफलबाट निकास निकाल्छौं।’
कोरोना भाइरस नयाँ किसिमको रोग भएका कारण यसबाट संक्रमण वा मृत्यू भएको खण्डमा सम्बन्धित बीमा कम्पनीले बीमा रकम उपलब्ध गराउने वा नगराउने सम्बन्धमा उल्लेख नभएको अध्यक्ष चापागाँईले बताए। हाल विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण फैलँदै गएको छ। रोजगारीको खोजीमा विदेसिएका ४० लाखको हाराहारीमा पुगेका नेपाली श्रमिकहरुका गन्तव्य मुलुकहरु कोरोनाको जोखिममा छन्।संयुक्त अरब इमिरेट्स (युएईमा) दुई जना नेपालीहरुलाई कोरोना पुष्टि भएको छ। उनीहरु सम्बन्धित गन्तव्य मुलुकको अस्पतालमा उपचाररत छन्।-साभार नेपाल लाईभबाट


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...