Thursday 2nd April 2026

सतुङ्गल र कपनबाट १० लाख थान मास्क बरामद


तिताेपाटी – प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ ।

बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेकाे जानकारी दिनुभयाे ।

सिल गरिएको गोदामबाट आइतबार र साेमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताउनुभयो ।

मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीकाे भनाइ छ ।

प्रहरीले शनिबार काठमाण्डौको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

साभार – उज्यालाे अनलाइन


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...