तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको बचावमा उपरवाला सँग दुवा माग्ने काम गरेको पाईन्छ ।
एक प्रकारले भन्ने हो भने कोरोना आफै मा भगवान जस्तै भएको छ । हामीलाई लिन आएको हो कि हाम्रा कुकर्मको सजाय दिन आएको हो यसको बेग डरलाग्दो छ । चीनमा कोरोना भाईरसले हाँहाकार मच्चाईरहदा विश्वका कतिपय देशका मानिसहरुले मजाक मानेर कोरोनाको वितण्डतालाई टिकटक को माध्याम बनाएर रमाईलो गर्दैथिए तर अहिले भने ती सवैको होस उडाउने गरी कोरोना विश्वव्यापी भैसकेको छ । नांगो आँखाले देख्न नसकिने कोरोना कतावाट आईरहेको छ भन्ने मानिसले चाल नपाउने विषय हो । रोयल फेमेली र सरकारका उच्च अहोदामा रहेका मानिसहरु कोरोनाबाट संक्रमित हुदै जादा यस्तो लाग्छ के उनीहरुले यसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानी अपनाएका थिएनन होला ? उनीहरु भिडभाड भन्दा पर थिएनन की सरसफाईको कुनै कमीमा थिए ? ईरानको स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण भयो एक जना सांसदको ज्यान नै गयो । ईटलीका सेना प्रमुख नै संक्रमित भए यसरी नै बेलायतमा सरकार मन्त्रीलाई नै कोरोनाले गाज्यो र अन्य कयौ वितण्डताको समाचार आउदै जाने हो थाहा छैन । कोरोनाका विमारीको सेवा गर्न खटिएका कयौ डाक्टर र नर्सहरु यसको शिकार भैसकेका छन ।
कोरोना कसरी लाग्छ र यसबाट के गर्दा बच्न सकिन्छ भनेर धेरै जानकारीहरु सार्वजनिक भएका भए पनि यसले विश्व भरी फैलने क्रममा ब्रेक लाग्न सकेको छैन । ईटली देश नै सट डाउनमा छ । अमेरिकाले संकटकाल घोषणा गरिसक्यो । ईरानले कोरोनासँग जुझ्न आफ्नो राष्ट्रमाथिको अमेरिकी प्रतिवन्ध फुकुवा गर्न याचना गरिसक्यो । कोरिया र जापान कोरोना सँग जुझिरहेका छन । खाडी राष्ट्रमा एक प्रकारको कफ्र्यु लागेको जस्तो स्थिती छ । विद्यालयहरु बन्द छन । होटल, रेष्टुरेन्ट, सेनामा र सर्वाजनिक महलहरु बन्द छन । सरकारी निकायहरु सवै बन्द छन भने सार्वजनिक यातायात र हवाई सेवा लाई पूर्ण रुपमा बन्द गरिएको छ । फेव्रवरी महिनाको २७ तारिक यता कुवेत प्रवेश गरेकाहरुले अनिवार्य होम क्वारेन्टाईनमा बस्न पर्ने र सरकारले तोकेको स्थान र मितिीमा गएर स्वास्थ्य परिक्षण गराउन पर्ने भएको छ । यद्यपी कोरोना संक्रमित बढने क्रम जारी छ ।
प्रदेशमा रहेका हजारौ लाखौ नेपालीहरु अहिले कोरोनाको भयमा बाचिरहेका छन । उनीहरु रहेको आ आफ्नै देश सवै लक डाउनमा परिसकेको अवस्था छ । कयौ कम्पनीहरु बन्द छन । यस्तै अवस्था रहि रहे अव को केही सातापछि काम र माम को जोह गर्न नसक्ने दिन आउने निश्चित छ । सानातिना कम्पनीहरुको व्यवशाय नै चौपट भए पछि तिनले श्रमिक लाई बसाएर तलब दिन्छन भन्ने छैन । त्यसपछि को अवस्था झन कस्तो होला । आफ्नो देश जान पनि नपाउने बस्दा पनि काम विहिन भएर रहन पर्ने अवस्था कहिले सम्म थाम्ला विश्वले ।
कोरोनाको कहर झेल्न निक्कै मुश्किलका घडीहरु आउन सक्ने खतरा त छदैछ । अर्काका देशका नागरिकप्रतिको जिक्मेवारी कामदार मगाउने देशले कहिले सम्म र कसरी लेलान यसै भन्न सकिन्दैन । विश्व यस्तो अवस्थामा पुग्दैछ की अन्र्तराष्ट्रिय सम्बन्धहरु खुम्चन सक्नेछन । अन्तराष्ट्रिय रोजगारीहरु घटदै जाने छन । नेपाल जस्तो रेमिट्यान्समा निर्भर मुलुक झन कहाली लाग्दो अवस्थाको सामना गर्न पर्ने अवस्थामा पुग्ने छन । सरकारले अहिलेबाट नै राजस्वको भार घटाउन खर्च कटौतीका उपाय हरु अपनाउन नथाल्ने हो भने भयावह आर्थिक संकट आउन सक्छ । नेपालको पर्यटन र रेमिट्यान्समा लाग्न सक्ने धक्कालाई सरकारले सम्बोधन गर्ने उपायहरुको खाजी बेलैमा गर्न जरुरी छ । जब सम्म यस भाईरस विरुद्धको प्रभावकारी उपचार सम्भव हुदैन तबसम्म कोरोनाको कहर रोकिने जस्तो देखिन्दैन । देशलाई कोरोनाबाट जोगाउदै आर्थिक मन्दीले ल्याउन सक्ने संकटसँग सामना गर्ने उपाय खोज्न सरकार जुट्न जरुरी छ ।