Friday 13th March 2026

नेपाल र सिङ्गापुरबीचकाे खेल रद्द


एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । थाइल्याण्डमा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारकाे खेलमा वर्षा प्रभावित भएपछि खेल नै रद्द हुन पुग्यो । बिहान सवा ८ बजेदेखि सुरु हुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरिएको हाे । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् ।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । तालिकाकाे शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । याे खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि खेल नै स्थगित भएपछि नेपाल तीन अङ्क लिएर घर फर्किएको छ ।

पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो । तेस्रो खेलमा थाइल्याण्डलाई पराजित गरे पनि नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिएको थियो ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...