Thursday 19th March 2026

श्रममन्त्रीकाे तीन महिने कार्ययोजना पुरा भएन


अरिष्मा मोक्तान -गत २२ पुसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तीन महिना कार्ययोजना सार्वजनिक गरे । उनले याेगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र थप एक लाख योगदानकर्ता सूचीकृत गर्ने लक्ष्य राखेका थिए । तर, तीन महिनाको उक्त कार्ययोजनामा मन्त्रीले लिएको लक्ष्य सफल हुन सकेन ।

सामाजिक सुरक्षा कोषको बिहीबार (आज)सम्मको तथ्याङ्क अनुसार १२ हजार २ सय ६१ रोजगारदाता र एक लाख ५१ हजार ३ सय ११ जना योगदानकर्ता सूचीकृत भएका छन् । गत २२ पुससम्म ११ हजार ९ सय ७८ रोजगारदाता र १ लाख ३५ हजार ६ सय ८३ योगदानकर्ता सूचीकृत भइसकेका थिए ।

तीन महिनामा १५ हजार रोजगारदाता सूचिकृत गराउने लक्ष्य राखे पनि २ सय ८३ रोजगारदाता मात्र सूचीकृत भएका छन् । त्यसैगरी, १५ हजार ६ सय २८ मात्रै योगदानकर्ता सूचिकृत भएका छन् । जुन कार्यसम्पादनमा १ दशमलव ८८ प्रतिशत मात्र सफल हाे ।

गत वर्ष ११ मंसिरमा नयाँ युगको सुरुवातको नारासँगै निकै तामझामका साथ सामाजिक सुरक्षा कोषको सुरु गरिएको थियो । तर, कोषले चालु आर्थिक वर्षबाट मात्र काम सुरु गरेको छ । पटक–पटक म्याद थप्दै सूचीकृत हुनलाई निर्देशन दिए पनि सम्पूर्ण रोजगारदाता तथा योगदानकर्ता निकै थोरै संख्यामा सहभागी भएका छन् ।

योगदानमा आधारित कोषमा बैंकर एशोसिएसन, हान तथा विभिन्न उद्योग तथा वाणिज्य संघले कोषमा जाने प्रतिबद्धता देखाए पनि हालसम्म सम्पूर्ण रोजगारदाता सूचीकृत हुन सकेका छैनन् ।

कोषका निर्देशक एवम् प्रवक्ता रमा भट्टराईले कोषको बारेमा धेरैलाई थाहा नभएकाले तत्काल सबै रोजगारदाता आउन नसकेको बताइन् ।

योगदानमा आधारित कोषमा विस्तारै बुझाएर मात्र आबद्ध गराउनुपर्ने उनको भनाइ छ । साथै, नयाँ नीति भएकाले कार्यविधि, ऐन संशोधनमा नै ध्यान दिइरहेको उनले जानकारी दिइन् ।

हाल कोषमा ६० जना कर्मचारी थपेको र केही टोली उपत्यका बाहिर काम गरिरहेको हुनाले कोषमा सबै सूचीकृत हुने उनको दाबी छ । यसैगरी कोषमा नआउने रोजगारदातालाई कारबाही गर्नेभन्दा पनि योजनाको महत्व बुझाएर आबद्ध गराउने कोषको योजना छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...