Monday 17th November 2025

देउवाले एकलौटी गठन गरे १३ विभाग


भाग पाएपछि सिटौलाले दिए नाम, ५ आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनीत

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्‍ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्‍नो समूहका नेतालाई संयोजक बनाएका छन् ।

 

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम पार्टी केन्द्रीय सदस्यहरुलाई विभागको जिम्मेवारी सुम्पेका हुन्।

देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग संयोजकको जिम्मेवारी दिएका छन्।

त्यस्तै, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरासियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन्।

सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिएका छन्।

यीमध्ये हुमागाईं पार्टीभित्रको सिटौला समूहका हुन्। बाँकी सबै संस्थापन पक्षका हुन्। जनसम्पर्क समन्वय समिति विभागको जिम्मेवारी पाएका भट्टराई केही समयअघि मात्रै पौडेल समूह छोडेर संस्थापनतिर आएका थिए।

देउवाले शुक्रबार नेता रामचन्द्र पौडेललाई टेलिफोन गर्दै आफू विभाग गठनको तयारीमा रहेकाले विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गरेका थिए। पौडेलले देउवालाई महाधिवेशनको तयारीमा लाग्‍न सुझाव दिँदै अहिले विभाग गठन गर्न नाम दिन नसक्‍ने बताएका थिए। त्यसअघि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि पनि विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गर्न पौडेल निवास बोहोराटार पुगेका थिए।

प्रवक्ता विश्वप्रकाश शर्माले नेता पौडेलसँग नाम माग्दा नदिएपछि सभापतिले आफ्‍नो अधिकार प्रयोग गरेर विभाग गठन गरेको जानकारी दिए।

देउवाले आफू पक्षीय ५ नेतालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनीतसमेत गरेका छन्। देउवाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र र ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गरेको उल्लेख छ। आमन्त्रीत केन्द्रीय सदस्य भएकामध्ये शिवाकोटी र बस्नेत नेता सिटौला पक्षीय हुन्। बाँकी सबै संस्थापन पक्षीय हुन्।
ईकान्तिपुरबाट 

सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...