Thursday 25th June 2026

वामदेवबारेको निर्णय प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नुपर्छ: प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभामा सिफारिस गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्ने बताएका छन्।

जिल्लास्तरीय एउटा कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान गृह जिल्ला चितवन पुगेका भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सर्वसम्मत निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने बताए।

‘महासचिव र प्रवक्ताले यो कुरा सार्वजनिक गरिसक्नुभएको छ, प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ,’ प्रचण्डले भने,‘तपाईंहरूले एकदुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले (प्रधानमन्त्री) ले मान्नुहुन्छ, मान्नैपर्छ।’

प्रधानमन्त्रीले वामदेवलाई सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि नगरेको प्रचण्डको भनाइ छ।

‘उहाँले गर्नुहुन्छ, मैले त्यत्ति बुझेको हो। प्रधानमन्त्रीले सिफारिस नगरे के हुन्छ भन्ने कुरातिर म अहिले जान चाहन्नँ,’ प्रचण्डले भने,‘प्रधानमन्त्री र मेरो संयुक्त अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णय गरेको हो।’

गत बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले उक्त निर्णय आफूलाई मान्य नहुने भन्दै अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको बताएका छन्।

राष्ट्रिय सभामा खतिवडा र गौतम कसलाई पठाउने भन्ने रस्साकस्सी नेकपाभित्र अहिले पनि जारी छ।

आज बिहानमात्रै नेकपाका दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले प्रचण्डसँग खुमलटारमाछ छलफल गरेका थिए।

उक्त छलफलपछि चितवन गएका प्रचण्डको अभिव्यक्ति उनीहरू वामदेवका पक्षमा अडिग रहेको देखिन्छ।

यसैबीच नेकपा महासचिव बिष्णु पौडेल उपाध्यक्ष गौतमलाई भेट्न उनको भैंसेपाटी निवास पुगेका छन्। रूघाखोकी लागेपछि गौतम बिहान प्रचण्डनिवास जान सकेका थिएनन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...