Tuesday 20th October 2026

कोरोनाको संक्रमणको कारण विदेशीहरूलाइ मक्का र मदिना भ्रमणमा रोक


तितोपाटी – विश्वभर नोवल कोरोनाभाइरस फैलिएको कारण साउदी अरेबियाले इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ।

हिजरी सम्बत अनुसार जुल हिज्ज महिनामा हुने हजलाई यसले असर गर्ने वा नगर्ने स्पष्ट छैन। नोवल कोरोनाभाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई साउदी अरेबिय प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ।

साउदी अरेबियामा हालसम्म कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन।

इस्लाम धर्म अनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो भने मदिनामा उनको अन्तिम संस्कार गरिएको थियो।

विदेश मन्त्रालयले यो निर्णय अस्थायी भएको बताए पनि यो कहिले अन्त्य हुन्छ भन्ने बताएको छैन। साउदी अरेबियाले अक्टोबरदेखि चार लाख विदेशीलाई प्रवेशाज्ञा जारी गरेको बताएको छ।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ऐतिहासिक तथा धार्मिक महत्वको तलेजु भवानी मन्दिर मंगलबार (कात्तिक ३) सर्वसाधारण भक्तजनका…

मध्यपूर्वमा तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमाथि आर्थिक र सैन्य दबाब कायम राखिरहेको बताएका छन्। उनले…

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

प्रतिकृयाहरू
...