Thursday 2nd April 2026

कुवेतमा ह्वात्तै जाडो बढ्यो


तितोपाटी- देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा कुवेतमा ह्वात्तै चिसो बढेको छ।

आज कुवेतको विभिन्न स्थानहरूमा शून्य देखी २ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।कुवेतस्थित मौसम विभागका अनुसार निरन्तर रुपमा चलेको उत्तरपश्चिम वायुले मौसम अत्यधिक चिसो भएको बताउदै कुवेतमा अझै केही दिन जाडो हुने र मौसममा केही बदली हुदै तापक्रम बढ्दै जाने मौसम बिभागले जनाएको छ।

त्यस्तै चिसो केही दिन रहने भएकोले आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। गत १० तारीख़ सम्म १४ देखी २० डिग्री सेल्सियममा रहेको थियो भने हिजो देखी ह्वात्तै बढेको जाडो आज दिनभरी पनी मरुभूमि क्षत्रमा दुई डिग्री देखी शून्य डिग्री सेल्सियम भन्दा कम रहने पूर्वानुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...