Thursday 15th January 2026

अमेरिकाविरुद्ध नेपाल ३५ रनले विजयी


तितोपाटी- आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालद्वार अमेरिका पराजित भएको छ ।

लिग–२ मा नेपालको पहिलो जित भएको हो । शनिबार कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले अमेरिकालालाई ३५ रनले हराएको हो । खेलमा नेपालका खेलाडी कुशल मल्लले ब्याटिङतर्फ विश्व रेकर्ड राखेका छन् । उनले अर्धशतक बनाउँदै सबैभन्दा कान्छो उमेरमा अर्धशतक बनाउने विश्व रेकर्ड राखेका हुन् । नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । अमेरिकाका लागि इयान होलाण्डले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खराब सुरुवात गरेको होलाण्डले १ सय ११ बलमा ७ चौकासहित ७५ रन बनाए । यस्तै क्यामरुन स्टेभेनसनले १९ रन जोड्दा कारिमा गोरेले १० रन बनाए । नेपालका करण केसीले ४ विकेट लिए । यस्तै सुशन भारीले ३ विकेट लिंदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

प्रतिकृयाहरू
...