Friday 2nd October 2026

झापाली समाज कुवेतको चौथो अधिवेशन मार्च ६ मा हुने


तितोपाटी- कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले ६ मार्च शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ ।

“हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले हिजो शुक्रबारको दिन फाहाहिलस्थित चौतारी खाजा घरको सभाहलमा समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो

गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च ६ मार्च बाट नयाँ कार्यसमिति पाउने भएकोछ ।

उक्त महाअधिबेशनलाई भव्य र सभ्य सफल बनाउन कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
समय : दिनको ठिक ०१ बजे
मिति : ०६ मार्च, २०२० शुक्रबार
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट, फर्वानिया


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...