Thursday 23rd July 2026

आ-आफ्नैमा समानता छैन भने अरु संग समानता खोज्नुको औचित्य छैन


चन्द्र गोतामे – सिन्धुघाटी सभ्यता देखि शुरु भएको जात प्रथा वर्तमान परिवेशमा परिवर्तन भन्दा पनि जातीय रुपमा हुने विभेद बढी पाइन्छ । सिन्धु सभ्यता भन्दा पहिला कुनै जात प्रथा थिएन । समुह – समुह बिच लडाइ गर्ने र जित पछि दास बनाउने प्रचलन भएको इतिहास विदको भनाईबाट स्पष्ट हुन्छ । यसको अर्थ संसारमा पहिला जात प्रथा थिएन । यी सबै विभिन्न काल खण्डमा शासकहरुले जात प्रथा शासन गर्न आफू खुसी सुरु गरेको देखिन्छ । त्यसैलाई निरंतरता दिदै अहिले पनि मानवतामा तथाकथित सानो र ठूलो जात भन्ने प्रवृत्तिले नराम्रो संग जडा गाडेको छ । मानव बीच जसरी तथाकथित जातमा विभाजन भयो । त्यस पश्चात् आ- आफ्नै बीचमा पनि आकास पातलको जस्तो फरक सोच भएको देखिन्छ । एक जातले अर्को जातलाई दबाउने, होच्याउने र बदनाम गर्ने गरि विभिन्न लान्छना लगाउने प्रवृत्ति पनि उत्तिकै छ । समाजमा तथाकथित अछुत सानो जाती भनिएकाहरु बीच नै मेलमिलाप र एकमत छैन । तथाकथित अछुत जातिमा एक आपसमा अझै विभेद कायम नै भएको आभास हुन्छ ।

समाजमा आझै पनि बिश्वकर्मा, परियार, मिजार, च्यामे पोडे लगायतको जातिमा मागी बिबाह चल्दैन । एक आपसमा पानी समेत बाराबार गर्ने गरिरहेका छन । यदाकदा यी जातिमा बिबाह भयो भने पनि परिवारले सजिलै स्वीकार गर्न असमर्थ छ । अनि कसरी अन्य ठुला जात हु भन्ने संग समानता चाहियो भनेर भन्न अवस्था छ ? सर्वप्रथम त थिचोमिचोमा पारिएका समाजमा अछुत बनाइएकाहरुको नै एकता हुनु पर्ने होइन र ? जबसम्म आ-आफ्नैमा पानी चल्छ, चुलो चल्छ अनि मात्र समानता माग्न पनि सहज हुन्छ ।

अब त समाजमा अछुत बनाएका जातहरु एक जुट भएर विभेद हटाउनको लागि तत्पर हुनु पर्ने हो । तर यहाँ अचेल एक आपसमा फाटाफाट र आकाश पातलको जस्तो विभेद भए पछि कसरी मुक्तिको आन्दोलन सफल हुन सक्छ ? समाजमा दिनहुँ विभेद हुदा समेत एकले अर्कोलाई सहयोगको सत्तामा रमिता हेरेर बस्ने प्रवृत्तिले कसरि समाजमा परिवर्तन लिन सकिन्छ ? जबसम्म समाजमा एक ब्यक्तिले अर्को ब्यक्ति प्रती आदार सत्कार, सहयोगी भावना र मानवताको भावना राख्दैन तबसम्म परिवर्तनको परिकल्पना गर्न समेत निकै असहज हुन्छ । आखिर सबै मानवको सोचाइ एकै हुनुपर्ने हो । तर पनि धेरै मानिस पुरातनवादी चिन्तनले ग्रसित भइरहेकै छन ।

केही समय पहिले वैदेशिक रोजगारीको सिलसिलाबाट एक महिनाको लागि म छुट्टी लिएर घर गएको थिए । मेरो छिमेकी एक जना बिश्वकर्मा बहिनिको विवाह अर्को गाउँको एक जना मिजार थरको केटा संग प्रेम विवाह भएको रहेछ । त्यो बहिनिको विवाह भएको भन्ने हल्का थाहा थियो । तर मैले उनको आमा संग बिस्तृत जानकारी लिन खोजेको थिए । तर उहाँले खुलेर सबै कुरा भन्न अलि हिचकिच गर्नु भयो । उहाँले यति मात्र भन्नू भयो कि हाम्रो नाक काटेर गइ, हामीलाई समाजले निकै नराम्रो दृष्टिकोणले हेरिरहेको बताउनु भयो । उहाँले जे जस्तो भए पनि स्वीकार गरेर छोरी ज्वाइँलाई भेट्न बोलाउनु भएको रहेछ । तर केही ब्यक्तिले केटा बिश्वकर्मा भन्दा सानो जाती हो भन्ने थाहा पाएर केही नखाएर फर्किएको सुनाउनु भयो । उक्त कुराले मेरो मानसपटलमा अनेकौं कुरा खेल्यो । हामी तथाकथित सानो जातीहरु त समान हुन सकिएको छैन रहेछ । भने अन्य संग कसरी सम्भव होला भन्ने प्रश्न मेरो मानसपटलमा उथलपुथल भयो । यति मात्र होइन हाम्रो समाजमा यस्ता घटनाहरु लाखौं छन । त्यसैले त तथाकथित ठुला जातिले पहिले आफैमा समानता हुनु अनि हामी संग आवाज उठाउनु भनेको पनि धेरै पटक सुन्नु परेको छ ।

अब त नयाँ पिढीले परापुर्वकालदेखी चल्दै आएको कुरिती र अन्धविश्वासलाई निमित्यान्न पार्न अग्रसर हुनु पर्छ । ताकी भविष्यमा आउने सन्ततिलाई जात प्रथामा कुनै किसिमको बाधा अड्चन नहोस् । जब सम्म आफुले आफैलाई परिवर्तनको बाटोमा दोहोर्‍याउन सकिँदैन भने समाजमा जातीय परिवर्तनको आधीबेहरी ल्याउन सक्ने सामर्थ्य हुँदैन । जब आफुले आफैलाई अलिकति भए पनि परिवर्तन गर्न सक्यो भने पक्कै देशमा बिकराल रुपमा जडा गाडेको जातीय विभेद अन्त्य गर्न सहज हुन्छ । जो अछुत बनाइएका जातिका नयाँ पिढीले सम्भव भए सम्म एक जातले अर्को जात संग बिबाह बन्धनमा बाधिन कोसिस गर्नु पर्छ । यदाकदा यस्तो विवाह नभएको भने पक्कै होइन । तर पनि उनीहरुले जीवन स्तरमा भने केही खल्लो भएको महसुस गरिरहेका छन । किन कि उनीहरुको घरपरिवारले सहज रुपमा स्वीकार गरिरहेका पनि छैन । तर कतिपयको लागि भने केही समस्या नभएको पनि छ । जब मानिसको व्यबहारमा केहि सकारात्मक सोचको बिकास हुदैन तब सम्म यस्ता घटनाको सिकार भैरहनु पर्छ ।

त्यसैले सबैले आ-आफ्नो सोच बदलौ, सम्पूर्ण नेपाली एकजुट हुन कोसिस गरौं । अनि मात्र जातीय विभेदको अन्त्य गर्न सक्छौं । समाजमा तथाकथित ठुला मानिएका जाती संग पनि जाती प्रथामा समानता हुनुपर्छ भनेर आवाज उठाउन सक्छौ । होइन भने तथाकथित सानो जात बनाइएकाको बिच समानता र एकमत हुँदैन भने समानता माग्नुको कुनै औचित्य हुँदैन ।


सम्बन्धित शीर्षकहरु

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

प्रतिकृयाहरू
...