Thursday 16th May 2024

आ-आफ्नैमा समानता छैन भने अरु संग समानता खोज्नुको औचित्य छैन


चन्द्र गोतामे – सिन्धुघाटी सभ्यता देखि शुरु भएको जात प्रथा वर्तमान परिवेशमा परिवर्तन भन्दा पनि जातीय रुपमा हुने विभेद बढी पाइन्छ । सिन्धु सभ्यता भन्दा पहिला कुनै जात प्रथा थिएन । समुह – समुह बिच लडाइ गर्ने र जित पछि दास बनाउने प्रचलन भएको इतिहास विदको भनाईबाट स्पष्ट हुन्छ । यसको अर्थ संसारमा पहिला जात प्रथा थिएन । यी सबै विभिन्न काल खण्डमा शासकहरुले जात प्रथा शासन गर्न आफू खुसी सुरु गरेको देखिन्छ । त्यसैलाई निरंतरता दिदै अहिले पनि मानवतामा तथाकथित सानो र ठूलो जात भन्ने प्रवृत्तिले नराम्रो संग जडा गाडेको छ । मानव बीच जसरी तथाकथित जातमा विभाजन भयो । त्यस पश्चात् आ- आफ्नै बीचमा पनि आकास पातलको जस्तो फरक सोच भएको देखिन्छ । एक जातले अर्को जातलाई दबाउने, होच्याउने र बदनाम गर्ने गरि विभिन्न लान्छना लगाउने प्रवृत्ति पनि उत्तिकै छ । समाजमा तथाकथित अछुत सानो जाती भनिएकाहरु बीच नै मेलमिलाप र एकमत छैन । तथाकथित अछुत जातिमा एक आपसमा अझै विभेद कायम नै भएको आभास हुन्छ ।

समाजमा आझै पनि बिश्वकर्मा, परियार, मिजार, च्यामे पोडे लगायतको जातिमा मागी बिबाह चल्दैन । एक आपसमा पानी समेत बाराबार गर्ने गरिरहेका छन । यदाकदा यी जातिमा बिबाह भयो भने पनि परिवारले सजिलै स्वीकार गर्न असमर्थ छ । अनि कसरी अन्य ठुला जात हु भन्ने संग समानता चाहियो भनेर भन्न अवस्था छ ? सर्वप्रथम त थिचोमिचोमा पारिएका समाजमा अछुत बनाइएकाहरुको नै एकता हुनु पर्ने होइन र ? जबसम्म आ-आफ्नैमा पानी चल्छ, चुलो चल्छ अनि मात्र समानता माग्न पनि सहज हुन्छ ।

अब त समाजमा अछुत बनाएका जातहरु एक जुट भएर विभेद हटाउनको लागि तत्पर हुनु पर्ने हो । तर यहाँ अचेल एक आपसमा फाटाफाट र आकाश पातलको जस्तो विभेद भए पछि कसरी मुक्तिको आन्दोलन सफल हुन सक्छ ? समाजमा दिनहुँ विभेद हुदा समेत एकले अर्कोलाई सहयोगको सत्तामा रमिता हेरेर बस्ने प्रवृत्तिले कसरि समाजमा परिवर्तन लिन सकिन्छ ? जबसम्म समाजमा एक ब्यक्तिले अर्को ब्यक्ति प्रती आदार सत्कार, सहयोगी भावना र मानवताको भावना राख्दैन तबसम्म परिवर्तनको परिकल्पना गर्न समेत निकै असहज हुन्छ । आखिर सबै मानवको सोचाइ एकै हुनुपर्ने हो । तर पनि धेरै मानिस पुरातनवादी चिन्तनले ग्रसित भइरहेकै छन ।

केही समय पहिले वैदेशिक रोजगारीको सिलसिलाबाट एक महिनाको लागि म छुट्टी लिएर घर गएको थिए । मेरो छिमेकी एक जना बिश्वकर्मा बहिनिको विवाह अर्को गाउँको एक जना मिजार थरको केटा संग प्रेम विवाह भएको रहेछ । त्यो बहिनिको विवाह भएको भन्ने हल्का थाहा थियो । तर मैले उनको आमा संग बिस्तृत जानकारी लिन खोजेको थिए । तर उहाँले खुलेर सबै कुरा भन्न अलि हिचकिच गर्नु भयो । उहाँले यति मात्र भन्नू भयो कि हाम्रो नाक काटेर गइ, हामीलाई समाजले निकै नराम्रो दृष्टिकोणले हेरिरहेको बताउनु भयो । उहाँले जे जस्तो भए पनि स्वीकार गरेर छोरी ज्वाइँलाई भेट्न बोलाउनु भएको रहेछ । तर केही ब्यक्तिले केटा बिश्वकर्मा भन्दा सानो जाती हो भन्ने थाहा पाएर केही नखाएर फर्किएको सुनाउनु भयो । उक्त कुराले मेरो मानसपटलमा अनेकौं कुरा खेल्यो । हामी तथाकथित सानो जातीहरु त समान हुन सकिएको छैन रहेछ । भने अन्य संग कसरी सम्भव होला भन्ने प्रश्न मेरो मानसपटलमा उथलपुथल भयो । यति मात्र होइन हाम्रो समाजमा यस्ता घटनाहरु लाखौं छन । त्यसैले त तथाकथित ठुला जातिले पहिले आफैमा समानता हुनु अनि हामी संग आवाज उठाउनु भनेको पनि धेरै पटक सुन्नु परेको छ ।

अब त नयाँ पिढीले परापुर्वकालदेखी चल्दै आएको कुरिती र अन्धविश्वासलाई निमित्यान्न पार्न अग्रसर हुनु पर्छ । ताकी भविष्यमा आउने सन्ततिलाई जात प्रथामा कुनै किसिमको बाधा अड्चन नहोस् । जब सम्म आफुले आफैलाई परिवर्तनको बाटोमा दोहोर्‍याउन सकिँदैन भने समाजमा जातीय परिवर्तनको आधीबेहरी ल्याउन सक्ने सामर्थ्य हुँदैन । जब आफुले आफैलाई अलिकति भए पनि परिवर्तन गर्न सक्यो भने पक्कै देशमा बिकराल रुपमा जडा गाडेको जातीय विभेद अन्त्य गर्न सहज हुन्छ । जो अछुत बनाइएका जातिका नयाँ पिढीले सम्भव भए सम्म एक जातले अर्को जात संग बिबाह बन्धनमा बाधिन कोसिस गर्नु पर्छ । यदाकदा यस्तो विवाह नभएको भने पक्कै होइन । तर पनि उनीहरुले जीवन स्तरमा भने केही खल्लो भएको महसुस गरिरहेका छन । किन कि उनीहरुको घरपरिवारले सहज रुपमा स्वीकार गरिरहेका पनि छैन । तर कतिपयको लागि भने केही समस्या नभएको पनि छ । जब मानिसको व्यबहारमा केहि सकारात्मक सोचको बिकास हुदैन तब सम्म यस्ता घटनाको सिकार भैरहनु पर्छ ।

त्यसैले सबैले आ-आफ्नो सोच बदलौ, सम्पूर्ण नेपाली एकजुट हुन कोसिस गरौं । अनि मात्र जातीय विभेदको अन्त्य गर्न सक्छौं । समाजमा तथाकथित ठुला मानिएका जाती संग पनि जाती प्रथामा समानता हुनुपर्छ भनेर आवाज उठाउन सक्छौ । होइन भने तथाकथित सानो जात बनाइएकाको बिच समानता र एकमत हुँदैन भने समानता माग्नुको कुनै औचित्य हुँदैन ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...