Thursday 1st October 2026

मागपत्रको कुनै शुल्क नबुझाउन मलेसिया दूतावासद्वारा सूचना जारी


तितोपाटी- मलेसियास्थित नेपाली दूतावासले म्यानपावर कम्पनीहरुलाई कुनै पनि शुल्क तिरेर मागपत्र नल्याउन सुझाएको छ।

मलेसिया नेपालबीच द्विपक्षीय शून्य लागतको श्रम समझदारी (एमओयु) भइसकेकाले अब कामदार छनौटदेखि घरफिर्तीसम्मको सबै खर्च रोजगारदाता स्वयंले बेहोर्ने हुँदा मागपत्रको रकम बुझाउनु नपर्ने भन्दै दूतावासले बुधबार सूचना जारी गरेको छ। पछिल्लो समय मलेसियामा अनाधिकृत व्यक्तिहरुबाट नगदी रसिद, मागपत्र, करारपत्रलगायत मागपत्र प्रमाणीकरणसम्बन्धी नक्कली कागजात बनाउनेजस्ता अनियमितता बढिरहेको पाइएपछि दूतावासले सूचना जारी गरेको हो।

हाल सम्बन्धित गन्तव्य मूलुकमा मागपत्र प्रमाणीकरणको काम दूतावास स्वयंले गर्दै आएको छ।

मागपत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड गरिन्छ। यो सूचना म्यानपावरलाई नै आउँछ। अनलाइन प्रणालीमार्फत सबै विवरण पारदर्शी रहने हुँदा गैरकानुनी कार्यबाट टाढै रहन दूतावासले सुझाएको छ। मागपत्रका कागजातसम्बन्धी कुनै शंका लागेमा दूतावासमा खबर गर्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...