Tuesday 13th January 2026

स्वदेश फर्कन चाहने नेपालीहरुलाई सम्पर्कमा आउन साउदी दुतावासको अनुरोध


तितोपाटी-साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरुका लागि वहिर्गमनको व्यवस्था गरेको छ ।

साउदी सरकारले ल्याएको यो बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्कन आवश्यक पर्ने फारम र कागजातहरु राखी पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले आगामी फागुन २ र ३ गते (तदनुसार १४, १५ फेब्रुवरी २०२०) राजधानी रियादबाट धेरै टाढाको दुरीमा रहेका अलकुरियात र अल जोफ सकाका क्षेत्रमा कर्मचारीहरु खटाई फारम र निवेदन संकलन गर्ने भएको छ । तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किनुहुन दुतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा सम्पर्क व्यक्तिका रुपमा वीर कुमार राय (तृतीय सचिव) ०५५९३४६४००, ०५६५४४१३६५ लाई कल गर्न सकिने बताएको छ।

तोकिएको स्वरूपको निवेदन (निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ), अकामाको प्रतिलिपि-३ प्रति र राहदानी र भिषाको प्रतिलिपी ३ प्रति आवश्यक पर्ने दुतावासले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...