Wednesday 15th October 2025

बहिर्गमनमा सहभागी हुन साउदीमा रहेका नेपालीलाई दूतावासको आग्रह


तितोपाटी- साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फाराम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले (अकामा) नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरूका लागि बहिर्गमनको व्यवस्था गरेको छ ।

साउदी सरकारले ल्याएको यो बहिर्गमन योजनाअन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवश्यक पर्ने फारम र कागजातहरू राखी पत्रसहित सम्बन्धित श्रम कार्यालयमा जानका लागि नेपाली राजदूतावासले १८ माघ (१ फेब्रुअरी २०२०) हाफर अल बातिनमा कर्मचारीहरू खटाई फाराम र निवेदन संकलन गर्ने भएको छ ।
दिउँसोको १२ बजेदेखि ४ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किन दूतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
तोकिएको स्वरूपको निवेदन (निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ), अकामाको प्रतिलिपि– तीनप्रति, राहदानी र भिसाको प्रतिलिपि ३ प्रति आवश्यक पर्ने दूतावासले जनाएको छ ।

सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फारम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ ।
साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरूका लागि बहिर्गमनको व्यवस्था गरेको हाे ।साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...