Saturday 10th October 2026

रचनाः आयो


बज्यो रे ठुलै घण्टी तिमीलाइ सचेत बनाउने ।
आउदैछ रे सुनामी त्यो, तिमीलाइ पुरै हुत्याउने ।
कति बहिरो झैं गर्छाै कानकै जाली फुटाइ सक्यो
किन अन्धो झैं गर्छाै हुत्याउँदै लगिसक्यो ।।

बसन्तलाइ भन्छन् सबै ऋतुराज यहाँ हेर
चैत बैशाख आयो ढ्याङ्ग्रो ठोक्दै तिम्रै अघिल्तिर ।।
परिक्षा कुनै भुत हैन तिमी सबैलाइ सातो लिने
माैका हो यो सफलताको एउटा सिंढी चढ्ने ।।

त्यसैले के गर्ने त?
आजै देखी कंस सुर ध्यान दिइ धेरै पढ्ने
जिन्दगी परीक्षै परीक्षा हो उतिर्ण हुँदै अघि बढ्ने ।।
तिमी लगनशील बने सफलता खोज्दै पछि लाग्छ
नत्र भने जिवनभर सधैं दुःखै दुःख अाइ लाग्छ ।।

पशुपति ओझा


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...