Wednesday 8th April 2026

इन्स्पेक्टरसँग टिपर चालकले खाए विश्वकर्मा बाबाको नाममा सपथ


तितोपाटी-काभ्रेमा टिपर चालकले सडक दुर्घटना न्यूनिकरण गर्न ९ बुँदे सपथ खाएका छन्। सोमबार काभ्रेमा आयोजित एक कार्यक्रममा करिब ५० जना टिपर चालकले दुर्घटना न्यूनिकरणका गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्।चालकहरूलाई ट्राफिक इन्स्पेक्टर विशाल तामाङसमक्ष सपथ खाएका हुन्। सोमबार र मंगलबार गरी करिब एक हजार टिपर चालकलाई सपथ खुवाउने कार्यक्रम रहेको बनेपा ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर तामाङले जानकारी दिए।

‘ट्राफिक दुर्घटना न्यूनिकरण र भिजिट नेपाल २०२० को प्रचारका लागि हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं,’ बाग्मती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले भने,‘पहिले हामीले बन्द कोठामा दुर्घटनासम्बन्धीको कार्यक्रम गर्ने गरेका थियौं यसपालि नयाँ गरिकाले गर्न खोजेका हौं।’चालकहरूले विश्वकर्मा भगवानको नाममा सबै ट्राफिक नियमको पालना गर्छु भन्दै सपथ खाएको अध्यक्ष लामाले सेतोपाटीसँग भने। साथै यसै सन्दर्भमा भिजिट नेपाल २०२०को स्टिकरसमेत टिपरमा टाँसेका थिए।

यस्तो छ टिपर चालकले खाएको शपथको व्यहोरा

टिपर गाडी नम्बर ………….. का चालक म……………………… सपथ गर्छु।

१. मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी चलाउँदिनँ।

२. गाडीमा संगितको उफर तथा झल्लर र सिसामा स्टिकर राख्दिनँ।

३. बस्ती क्षेत्रमा प्रेसर हर्न बजाउँदिनँ। जथाभावी ओभरटेक तथा पार्किङ गर्दिनँ।

४. पानी चुहाएर सामान ढुवानी गर्दिनँ। ओभरलोड समान बोक्दिनँ।

५.गाडी चलाउनु अगाडि गाडी चेकजाँच गर्नेछु। क्याबिन र ढालामा यात्री राख्दिनँ।

६. तीव्र गतिमा गाडी चलाउँदिनँ। गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ।

७. आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाई प्राथमिकता दिनेछु।

८. गाडीको कागज पत्र सधै साथमा राख्नेछु। ट्रफिक नियमको पालाना गर्नेछु।

९. भिजिट नेपाल २०२०को प्रचार प्रसारको लागि मेरो गाडीमा स्टिकर टाँस्नेछु।

सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...