Monday 13th April 2026

‘भुलवश’ विमान खसालिएको इरानको स्वीकारोक्ति


तितोपाटी- इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ। इरानको सरकारी टेलिभिजनकाे एक रिपोर्ट अनुसार सेनाले युक्रेनी विमानलाई ‘गल्तीले’ खसालेकाे बताएकाे हाे।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको जनाएकाे छ। विमानमा १७६ यात्रु सवार थिए।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गरिने उल्लेख छ। बोइंग ७३७ युक्रेनी विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको भएकाे थियाे।इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

पहिले इरानले उक्त विमानलाई खसालेकाे इन्कार गर्दै थियो। तर, अमेरिका र क्यानडाले उनीहरुका सूचनाका आधारमा इरानले विमान खसालेकाे बताएका थिए। यसैबीच, इरानका विदेशमन्त्री जावद जरीफले ट्वीट गर्दै उक्त दिनलाई दुःखद् दिन भनेका छन्। उनले मानवीय त्रुटिले विपत्ती निम्त्याएकाे उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...