Wednesday 14th January 2026

‘भुलवश’ विमान खसालिएको इरानको स्वीकारोक्ति


तितोपाटी- इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ। इरानको सरकारी टेलिभिजनकाे एक रिपोर्ट अनुसार सेनाले युक्रेनी विमानलाई ‘गल्तीले’ खसालेकाे बताएकाे हाे।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको जनाएकाे छ। विमानमा १७६ यात्रु सवार थिए।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गरिने उल्लेख छ। बोइंग ७३७ युक्रेनी विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको भएकाे थियाे।इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

पहिले इरानले उक्त विमानलाई खसालेकाे इन्कार गर्दै थियो। तर, अमेरिका र क्यानडाले उनीहरुका सूचनाका आधारमा इरानले विमान खसालेकाे बताएका थिए। यसैबीच, इरानका विदेशमन्त्री जावद जरीफले ट्वीट गर्दै उक्त दिनलाई दुःखद् दिन भनेका छन्। उनले मानवीय त्रुटिले विपत्ती निम्त्याएकाे उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...