Monday 17th November 2025

अवैध उत्खननविरुद्ध आवाज उठाउने दिलिपको यसरी भयो हत्या


तितोपाटी- गिट्टीबालुवाको अवैध उत्खनन बिरुद्ध सामाजिक रुपमै विगत केही वर्षदेखि अभियान चलाउँदै आएका एक युवकको शुक्रबार विहानै रहस्यमयी हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतो एका विहान मर्निङ्गवाकमा साथी रोशनसँग निस्केका थिए । मृतक दिलिपका साथी रोशन यादवलाई प्रहरीले हत्या भएको केही समयमै नियन्त्रणमा लिएको थियो । यता दिलिपको हत्या रहस्यमयी बन्दै गएको छ । दिलिपको हत्या कुन किसिमले भएको छ भन्ने कुरा समेत रहस्यमयी बनेको छ भने टिपरले हत्या भइसकेका दिलिपको शवलाई कुल्चेर पुनः हत्या गरेको हुनसक्ने आशंका उनको परिवारको छ ।

दिलिपका दाजु वीरेन्द्रकुमार महतोले औरही खोलामा दिलिपलाई योजनाबद्ध तरिकाले हत्या गरेको आरोप लगाएका छन् । दिलिपले विगत कही वर्षदेखि खोला नदीको कटान र दोहनको विरोधमा आवाज उठाउँदै आएका थिए । उनलाई पटक–पटक प्रहरीले समेत किन विरोध गरेको भन्दै मिलाउन खोजेको आरोप उनका दाजु वीरेन्द्रले लगाए । दिलिपको अनाहकमा हत्या भएपछि अहिले उनको घर परिवार र गाउँ नै स्तव्ध बनेका छ । कोही कसैसँग बोल्न सक्ने अवस्थामा छन् । सबै निशब्द छन् ।

हत्यापछि विहानै देखि दिउँसो १ बजेसम्म श्रीपुरस्थित पूव–पश्चिम राजमार्ग स्थानीयवासीले अवरोध गरेका थिए । प्रहरी प्रशासन र स्थानीय तहको विरोधमा चर्को नारावाजी लगाउँदै स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेका प्रहरीले २५ राउण्ड अश्रु्रग्यास प्रहार गरेपछि सो राजमार्ग अहिले सुचारु भएको छ ।शुक्रबार बिहानै दिलीपको हत्यापछि घरका आफन्तजन तथा स्थानीयवासी शोकमा डुबेका छन् । त्यसका साथै उनीहरु प्रहरी प्रशासन र स्थानीय सरकारबिरुद्ध आक्रोश समेत पोखि रहेका छन् ।दिलीपका बुवा ४८ वर्षीय रामजीवन महतो र आमा चन्द्रकलादेवी महतो निशब्द छन् । केही बोल्न सक्ने अवस्थामा छैनन् ।

दिलीपकी फुपू सर्लाहीको वागमति बस्ने कुसुम कुमार महतोले दिलीप क्रसर उद्योगहरुले गर्ने गरेको अवैध उत्खनन् बिरुद्ध आवाज उठाउँदै आएकाले नियोजित पूर्वक हत्या गरिएको जिकिर गरिन् ।

उनले, ‘यो घटनालाई प्रहरी प्रशासनले समेत गम्भीरतापूर्वक नलिएको र ढाकछोपको प्रयासमा लागिपरेको छ ।’

भारतको भोपालस्थित मैकेनिकल इन्जिनियरिङ्गमा दिलीप इन्जिनियरिङ्गको अन्तिम वर्षमा अध्ययनरत्त थिए । उनी जनवरी एक तारिकमा विदाका दिन घर आएका थिए । पछिल्लो ५ वर्षदेखि दिलीप समाजिक अभियन्ताका रुपमा कार्यशरु गर्दै आइरकेको स्थानीयवासीको भनाइ छ । दाइ समाजमा रहेका बेथिति बिरुद्ध आवाज उठाउँदै आएको र औरही खोलामा भइरहेको दोहनको विरोधमा क्रसर उद्योगीहरुका लागि आँखाको कसिंगर बनकाले हत्या भएको बहिनी लक्ष्मी कुमारी महतोको आरोप छ ।

लक्ष्मीका अनुसार रोशन यादवको फोन आएपछि बिहानै ४ बजे दिलीप घरबाट निस्किेका थिए । घरबाट निस्केको १५ मिनेट नबित्दै उनको हत्या भएको खबर प्राप्त भयो । दाजु ढलेको सुने लगत्तै आफू खोला तर्फ दौडिए,’ उनले भनिन्, ‘दाजुलाई पहिले नै हातपात गरेर हत्या गरिएको र त्यसपछि टिपरले किचिएको छ ।’क्रसर उद्योगी विपिन महतो, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलोमतोमा दाजुको हत्या भएको उनको दाबी छ ।

दिलिपसँगै क्रसर उद्योगको अवैध उत्खनन बिरुद्ध आवाज उठाउँदै आएका कान्छी आमाका छोरा रजनीश कुमार महतोले भने, ‘रोशन नभागेको भए उनको पनि हत्या गर्ने थियो । तर रोशनले ज्यान जोगाएर दाइको हत्या भएको खबर जानकारी गराएका थिए र’ उनले दिलिपलाई पहिलेदेखि नै यो सब बन्द गर नभए तताई बन्द गरिदिन्छु भन्दै पटक पटक धम्की आउने गरेको बताए ।

मुचुल्का बिना नै शव उठाउँदा प्रहरी शंकाको घेरामा

रोशन यादवले अवैध उत्खनन् गरिरहेको खबर गरेपछि दिलीप उनीसँगै उत्खनन भइरहेको स्थल पुगेका थिए । दिलिप घरबाट निस्किएको केही समयमै गाउँभर नै उनको हत्या भएको खबर फैलिसकेको थियो । बहिनी लक्ष्मी महतो, बुवा रामजीवन महतो, वडाध्यक्ष श्यामबाबु यादव लगायत केही स्थानीयवासी घटना स्थलमा पगिसकेका थिए । साथै प्रहरी प्रशासन शव उठाउनका लागि पुगेको थियो ।

वडाध्यक्ष श्यामबावु महतोको सहमतिपछि दिलिपको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा जनकपुर पुर्याइयो । दिलीपको शव उठाइए पनि परिवारका सदस्यहरुले आफूहरुको सहमति तथा मुचुल्का बिना नै शव घटनास्थलबाट लगिएको भन्दै पोष्टमार्टमका लागि शव दिन तयार छैनन् ।

यता वडाध्यक्ष श्यामबाबु यादवले मुचुल्का बिना नै शव उठाइएको बताए । उनले घटनास्थल पुगे लगत्तै शवलाई आफ्नै तौलियाले ढाकेको र गाउँको एक होनहार युवा गुमाएपछि मेरो मस्तिष्क समेत काम गर्न नसक्दा र शव उठाउन दिएको जनाए ।यता मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले यस विषयमा कुनै किसिमको प्रतिक्रिया दिन चाहेनन् । उनले कसैको भान्सा घरमा के कति काम हुन्छ, त्यो हामीलाई के थाहा हुन्छ भन्दै यस सम्बन्धमा केहि बोल्न चाहेनन् । बरु उनी पञ्छिए ।

शव पोष्मार्टमका लागि प्रादेशिक अस्पतालमा छ भने परिवारका सदस्यहरुले बिना मुचुल्का किन शव उठाइयो भन्ने विषयमा स्पष्ट जवाफ नआउदाँसम्म आफूहरु शवको पोष्टमार्टमका लागि तयार नहुने बताए ।वीरेन्द्र यादवले प्रहरीले झुक्याएर शवलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको आरोप लगाए । उनले घर परिवारजनलाई जानकारी नै नदिए र शव उठाउनु प्र्रहरीको कस्तो नियती हो भन्दै प्रश्न समेत गरे ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...