Friday 13th March 2026

फुटबल खेलाडी आपसमा झगडा गरेपछि परे एन्फाको प्रतिबन्धमा


तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ । एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै पक्षका खेलाडीले एक आपसमा मैदानमै झगडा गरेका थिए ।

समितिले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेल प्रतिबन्ध र १० हजार जरिवाना तथा रन्जन बिष्टलाई दु्ई खेल प्रतिबन्ध गरेको छ । यसैगरी मच्छिन्द्रका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई खेलको प्रतिबन्धको कारबाही गरेको छ ।झगडामा उत्रिएका मनाङका किड्स म्यानेजर शिव लामालाई खेलभर प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवानाको कारबाही गरिएको छ । एन्फाले दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । मनाङ र मच्छिन्द्रबीचको खेल बराबरीमा सकिए लगत्यै मैदान रणभूमिमा परिणत भएको थियो । खेलाडीबीच हानाहान हुँदा प्रहरीको सहायतामा झगडा साम्य बनाइएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...