Wednesday 14th January 2026

फुटबल खेलाडी आपसमा झगडा गरेपछि परे एन्फाको प्रतिबन्धमा


तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ । एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै पक्षका खेलाडीले एक आपसमा मैदानमै झगडा गरेका थिए ।

समितिले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेल प्रतिबन्ध र १० हजार जरिवाना तथा रन्जन बिष्टलाई दु्ई खेल प्रतिबन्ध गरेको छ । यसैगरी मच्छिन्द्रका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई खेलको प्रतिबन्धको कारबाही गरेको छ ।झगडामा उत्रिएका मनाङका किड्स म्यानेजर शिव लामालाई खेलभर प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवानाको कारबाही गरिएको छ । एन्फाले दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । मनाङ र मच्छिन्द्रबीचको खेल बराबरीमा सकिए लगत्यै मैदान रणभूमिमा परिणत भएको थियो । खेलाडीबीच हानाहान हुँदा प्रहरीको सहायतामा झगडा साम्य बनाइएको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...